जनहित अनलाईन, कपिलवस्तु । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका, वडा नम्बर १०, रुब्दीबाट एक बालिका बेपत्ता भएकी छिन् ।
आफ्नै पसलमा जान्छु भनी हिँडेकी सोहि ठाउँका बिनोद विश्वकर्माकी १४ वर्षीया छोरी सम्झना शुक्रबारदेखि बेपत्ता छिन् ।
घरबाट पसलमा जान्छु भनेर हिँडेको भएपनि पसलमा नपुगी छोरी सम्पर्क बिहिन भएको बालिकाका बुबा बिनोदले बताउनुभएको छ ।
छोरी सम्पर्क बिहिन भएको दुई दिन बितिसक्दा पनि केही जानकारी नपाएको हुँदा कतै देख्नु हुने महानुभावले नजिकैको प्रहरी चौकी या ९८६६३८४४४८ मा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दै खोजी कार्यमा सहयोग गरिदिनुहुन पनि उहाँले आग्रह गर्नु भएको छ।


