अनेरास्ववियु बाणगंगाद्वारा एस.ई.ई. मा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाणगंगा नगर कमिटीले बाणगंगा नगर भित्रका विद्यालय बाट २०८० सालको माध्यमिक तहको परिक्षा एस.ई.ई.मा सहभागी भइ सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यार्थीहरुको हौसला बढाउनको लागि सधाका वर्षहरु जस्तै यस वर्ष पनि विद्यार्थीहरुलाई सम्मान गरेको नगर कमिटि अध्यक्ष प्रभावकर वि.सी. ले बताउनुभयो ।

आगामी शैक्षिक सफलताको कामना गर्दै नगर भित्रका सामुदायिक तथा निजि विद्यालय बाट परिक्षामा सहभागि भइ ‘ए प्ल’ ग्रेड प्राप्त गरेका १०४ विद्यार्थीहरुलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।

No description available.

कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष बाठा मगरले १० कक्षा पछि आफुले चाहेको र आफ्नो क्षमता अनुसारको विषय रोजेर पढ्नुपर्ने बताउनुभयो । जुनसुकै विषय अध्यन गरेपनि उक्त विषयमा विशिष्टता हासिल गरि देश विकासमा सहयोग पुर्याउन आग्रह गर्नुभयो ।

नगर कमिटि अध्यक्ष प्रभावकर वि.सी. को अध्यक्षता, प्रदेश अध्यक्ष सन्तोष बाठा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नगर कमिटी सदस्य अर्चना आर्चायले गर्नुभएको थियो ।

No description available.

May be an image of 6 people and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *