‘सीपयुक्त युवा, आत्मनिर्भर समाज’ निर्माण गर्ने मेरो मूल उदेश्य होः एमाले उम्मेद्वार चौधरी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनलाई केन्द्रमा राखेर यतिबेला कपिलवस्तुका उम्मेद्वारहरुले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तिव्र पारेका छन । ३ वटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा करिब विभिन्न राजनैतिक र स्वतन्त्र उम्मेद्वारहरुले आफ्नो तिव्रता बढाएका हुन ।

यसै कपिलवस्तु निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार बनेका विश्राम प्रसाद चौधरीले ‘सीपयुक्त युवा, आत्मनिर्भर समाज’ निर्माणलाई आफ्नो मूल ध्येयका रूपमा अघि सारेको बताएका छन । घर दैलो अभियानमा मतदातासँग भेट्दै जिल्ला तथा निर्वाचन क्षेत्रको भौतिक पूर्वाधार विकास तथा विस्तार, आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धि, वातावरणीय संरक्षण, संस्थागत विकास तथा सुशासन, शैक्षिक सुधार, युवाहरूको व्यावसायिक सीप विकास र रोजगारी सिर्जनाका क्षेत्रमा विशेष पहलकदमी लिने प्रतिबद्धता उनले व्यक्त गरे ।

यता पार्टी नेताहरूले नेकपाले एमालेले जनताको हकहित, सामाजिक न्याय, सुशासन र दिगो विकासका पक्षमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै कपिलवस्तु लगाएत क्षेत्र न १ का जनताको विश्वास र साथले आगामी निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *