जनहित अनलाइन, कपिलवस्तु ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानिय तह उपनिर्वाचनमा सहभागि जनाउने बताएको छ ।
यहि सङ्सिर १६ गते स्थानिय तहको उपनिर्वाचन हुदै छ । जस मध्य कपिलवस्तुको शुद्वोधन गाउपालिका वडा नम्बर १ मा पनि उपनिर्वाचन हुन लागेको हो । यस वडाका वडाध्यक्षको केहि महिना अगाडि मृत्यु भएको थियो ।
सोहि प्रश्चात पद रिक्त रहेको थियो । उक्त रिक्त पदको उपनिर्वाचन हुदै गर्दा रास्वपाले पनि पहिलो पटक स्थानिय तह उपनिर्वाचना मा सहभागि जनाउने बताएको छ । उक्त रिक्त रहेको अध्यक्ष पदमा रास्वपा बाट अवधेस कुमार चौधरीको उमेद्वारी रहने रास्वपाका जिल्ला सभापति शिवकुमार सुवेदीले बताउनु भयो ।

यस क्षेत्रका स्थानिय वासिन्दा र बिगत लामो समय देखि कृषि क्रान्ति र समाज सेवा गर्दै समाजमा घुलमिल हुदै त्यहाका स्थानिय समस्याहरु बुझ्दै आइरहेका र जनता प्रतिको माया र उनको क्षमता देश परिवर्तनको हुटहुटी भएका कारण उनलाइ जिल्ला समितिले उमेद्वार बनाउने निर्णय गरेको सभापति शुवेदीले बताउनु भयो । सो निर्णय पस्चात त्यहाका वडा वासिन्दा हरु चुनाव चिन्ह घन्टिमा भोट हाल्न पाउदा हर्षित भएको बताउनु भयो ।
गत कार्तिक २ गते सभापति रबि लामिछने सहकारी रकम अपचलन गरेको भन्दै पक्राउ परेका थिए भने रास्वपाले प्रतिसोध साधेको भन्दै निरन्तर आन्दोलन गरिरहेको छ ।


