चेतन विष्ट, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ मा १ दिने पशु शिविर कार्यक्रम सम्पन्न भएको छ । पशुपालनमा लागेका कृषकहरुको समस्यालाई मध्यनजर गर्दै वडा सभा तथा नगर सभा बाट स्विकृत कार्यक्रम अन्तर्गत उक्त शिविर सञ्चालन गरिएको नगर पशु विकास शाखाका प्रमुख मनिष खड्काले बताउनुभयो ।
वडा नम्बर १३ सहित सिङ्गो शितगंगा नगरपालिकाका अधिकाशं नागरिक कृषिमा निर्भर रहेकोले नगरले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । उक्त शिविरमा पशु पालक कृषकहरुलाई पशुमा लाग्ने विभिन्न रोगको औसधी, भिटामिन सहित परामर्श प्रदान गरिएको बताउनुभयो ।
त्यस्तै शितगंगा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दुर्गा बहादुर बि.सि. ले आफ्नो वडामा पनि धेरै कृषकले गाई भैँसी, बाख्रा, कुखुरा, बुङ्गुर पालन गर्दै आइरहेको भन्दै वडाले यस्तो शिविरलाई प्राथमिकता दिएर सञ्चालन गरेको बताउनुभयो । उहाँले आफुहरुले पशुपालक र खेती गर्ने किसान सबैलाई आवश्यकताका आधारमा विभिन्न सहयोग गरिरहेको बताउनुभयो । विगतमा वडाले खेती गर्ने किसानको लागि पनि विभिन्न बिउ विजन, औषधि, भिटामिन प्रदान गरेको बताउनुभयो । उहाँले आगामि वर्षहरुमा पनि कृषकका कार्यक्रमलाई प्राथमिकतामा राखेर योजना बनाउने बताउनुभयो ।
वडा अध्यक्ष बि.सी. को अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु, पशु विकास शाखाका कर्मचारी, राजनैतिक दलहरुका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो । कार्यक्रम बाट २५० बढी कृषक लाभान्वित भएको वडा अध्यक्ष दुर्ग बहादुर बि.सी. ले जनहित अनलाइन सङ्ग बताउनुभयो ।





