मोर्मी युवा विकास तथा सामाजिक संस्थाः प्रत्येक शनिबार श्रमदान अभियान सञ्चालन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका– ८ अन्तर्गत पर्ने मोर्मी टोलमा “मोर्मी युवा विकास तथा सामाजिक संस्था” ले प्रत्येक शनिबार श्रमदान अभियान सञ्चालन गरेको छ । यहि चैत्र देखि हरेक शनिवार श्रमदान मार्फत टोलका सडक सरसफाइ, फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सम्बन्धी कार्य गरिने संस्थाले जनहित अनलाइन सङ्ग बताएको छ ।

स्थानीय युवाहरूको सक्रिय सहभागितामा सञ्चालन भइरहेको यस अभियानले टोललाई सफा, सुन्दर र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । संस्थाका पदाधिकारीहरूले टोलबासीहरूलाई नियमित रूपमा श्रमदानमा सहभागी हुन आग्रह गर्दै सरसफाइ अभियानलाई निरन्तरता दिने बताएका छन । फोहोरको उचित व्यवस्थापन गर्न जनचेतना कार्यक्रम समेत सञ्चालन गरिने जनाइएको छ ।

स्थानीय बासिन्दाहरूले यस्तो अभियानले सामाजिक एकता मजबुत बनाउने तथा वातावरणीय सुधारमा टेवा पुग्ने समेत बताएका छन । संस्थाले गरेको यस कार्यको अहिले चौतर्फी प्रशंसा समेत भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *