बागलुङका दुवै निर्वाचन क्षेत्रमा रास्वपा विजयी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
 बागलुङ ।  बागलुङ जिल्लामा दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्।

क्षेत्र नम्बर १ मा रास्वपाका सुशील खड्का विजयी भएका छन्। खड्काले २० हजार ९२७ मत पाउँदा निकटतम् प्रतिस्पर्धी भिमबहादुर रानाले ११ हजार ९४४ मत पाए। एमालेका हिराबहादुर खत्रीले ८ हजार ६४० तथा जनमोर्चाका कृष्णप्रसाद शर्माले ४ हजार ५२१ मत पाए।

उता क्षेत्र नम्बर २ मा रास्वपाकै उम्मेदवार सोम शर्मा विजयी भएका छन्। शर्माले १२ हजार ६४७ मत ल्याई विजयी भए। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत ल्याए। त्यस्तै नेकपामा ज्ञामनाथ गैरेले १० हजार ७०९, एमालेकी मन्जु शर्माले ७ हजार ८६४ मत पाइन्।

क्षेत्र नम्बर २ मा नेकपा उम्मेदवार ज्ञामनाथ गैरेलाई जनमोर्चाले सहयोग गरेको थियो। त्यस्तै क्षेत्र नम्बर १ मा जनमोर्चाका उम्मेदवारलाई नेकपाले सहयोग गरेको थियो।

यसअघि क्षेत्र नम्बर १ बाट जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जित्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *