बाणगंगा । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ५ कोपवाका दुई बालकको पानीमा डुबेर मृत्यु भएको छ । विहिबार कपिलवस्तु नगरपालिका १० मा पिपरा र नगवाको बीचमा बग्ने बिकली घोलामा डुबेर दुई बालकको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र जिसीका अनुसार मृत्यु हुनेमा बाणगंगा नगरपालिका–५, कोपवाका ११ वर्षीय वासाप चौधरी र सोही स्थानका १० वर्षीय छोरा निशान थारु रहेका छन्।
स्थानीयवासीले साँझ करिब ६ बजेतिर बालकहरू घोलामा डुबेको जानकारी अस्थायी प्रहरी पोष्ट जहदीलाई गराएपछि प्रहरीको टोली उक्त स्थानमा पुगेको थियो ।
दुबै शव पोस्टमार्टमका लागि पिपरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


