अभियान्ता ई देवेन्द्र कुमार शर्मा लेख्छन
जगदीशपुर ताल केवल पानीको ताल होइन, यो कपिलवस्तुका हजारौं किसानको आशा, स्थानीय जनताको त्याग र समृद्ध भविष्यको सपना हो।
१५ वर्षदेखि तालको क्षमता बढाउने, सिँचाइ सुनिश्चित गर्ने र पर्यटन विकास गर्ने योजना केवल कागजमै सीमित छ। पूर्वपट्टि जहाँ स्थानीय बासिन्दाले आफ्नै जग्गा दिए, त्यहीँ माटो उत्खनन गरेर पानीको भोल्युम बढाउने सपना अझै रोकिएको छ।
३ महिना मात्र चराको चाप हुने ठाउँमा वर्षभरि विकास रोकिनु कत्तिको न्यायोचित हो?
संरक्षण आवश्यक छ, तर विकास रोक्नु समाधान होइन।
यदि माटो निकालेर बेच्दा पनि तालको क्षमता बढ्छ, किसानले पानी पाउँछन्, पर्यटन बढ्छ र स्थानीय आम्दानी बढ्छ भने—किन रोकिएको छ?
किन विभिन्न निकायबीचको असमझदारीले जनताको भविष्य रोकिने?
अब समय आएको छ—
संरक्षण र विकासलाई सँगै अघि बढाउने!
३ महिना संरक्षण, बाँकी समय पर्यटन र बोटिङ सञ्चालन गर्ने!
पूर्वपट्टि उत्खनन गरेर तालको क्षमता बढाउने!
अब मौन होइन, आवाज उठाउने बेला हो…
जगदीशपुर तालको विकास हाम्रो अधिकार हो, र यो अब रोकिँदैन!


