पोखरा । कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।
पोखराको सूर्यदर्शन सहकारीमा भएको रकम अपचलनसम्बन्धी दायर मुद्दामा उनको बयान सुरु भएको हो । सोही प्रकरणमा मुछिएकी लिला पछाईंको बयान सकाएर रविको सुरु भएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
सोमबार र मंगलबार पूर्वडीआईजी समेत रहेका गोरखा मिडियाका सञ्चालक छविलाल जोशीको बयान भएको थियो । त्यसपछि लिलाको बयान सकाइएको हो ।
हिजो (बुधबार) क्रिसमस बिदा परेकाले मंगलबारदेखि बाँकी पछाईंकै बयान सकेर आज अबेर रविको बयान सुरु भएको हो ।
बिहीबार सूर्यदर्शन सहकारी अपचलनमा मुद्दा दायर भएका ७ जनालाई अदालत उपस्थित गराइएको छ ।