जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले आफ्नो चुनावी अभियानलाई तिव्र बनाएको छ । सोहि सन्दर्भमा आज क्षेत्रनम्बर १ का विभिन्न ठाउँमा चुनाव प्रचारप्रशार सम्पर्क कार्यालयको उद्घाटन समेत गरिएको छ ।
आज बाणगंगा ५ को कोपवा, , बाणगंगा–११ को ओदारी र मायादेवी–४ को चाकरचौडामा निर्वाचन लक्षित सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । निर्वाचनको समयमा मतदाताका गुनासाहरु प्रत्यक्ष रुपमा सुन्नको लागि सम्पर्क कार्यालय खोलिएको जनाइएको छ ।
सोहि अवसरमा क्षेत्रनम्बर १ का उम्मेदवार अतहर कमाल मुसलमानले क्षेत्रनम्बर १ मा काङ्गैस सबैभन्दा माथि रहेको बताएका छन । पार्टी संगठन यस क्षेत्रका सबै ठाउँमा बलियो रहेको भन्दै कार्यकर्तालाई कमजोर मनोविज्ञान नबनाउन आग्रह गरे ।
संविधानसभा सदस्यसमेत रहेका मुसलमानले विगतमा जनताको विपक्षमा गएर कुनै कार्य नगरेको भन्दै आफू सधैं जनताको पक्षमा उभिएको बताए। साथै उनले पार्टी सभापति गगन थापा नेतृत्वमा आएपछि कांग्रेसप्रतिको आकर्षण अझ बढेको दाबी गरे।




