कपिलवस्तुमा सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु ।   कपिलवस्तुको महाराजंज नगरपालिका वरगदा घटनामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । महारांज नगरपालिका भुटहनियाका -२२ वर्षीय जितेन्द्र यादवको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको हो।

सुरक्षाकर्मीको गोली पेटमा लागि घाइते भएका उनको चितवन मेडकल कलेजमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज विहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको  छ ।

गत चैत्र ७ गते महाराजगंजको वरगदा गाउँमा भएको हिन्दु मुस्लिम झडपपछि भड्केको भीड नियन्त्रणका क्रममा स्थानीय हिन्दु युवा र सुरक्षाकर्मीबिच झडप भएको थियो । सोही क्रममा सुरक्षाकर्मीको गोली लागि यादव घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *