कपिलवस्तु १ मा  रास्वपा उम्मेदवार  आचार्यको  मतदाता भेटघाट अभियान तिव्र 

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  बाट उम्मेद्वारी दिएका मोहनलाल आचार्यले  मतदाता भेटघाटलाई विशेष प्राथमिकताका साथ तिव्र पारेका छन । उनी अहिले मतदाताका समस्या तथा सुझाबहरू सङ्कलन गर्दै भेटघाटलाई तिव्र बनाएका हुन ।

  आचार्य  पेशाले  संविधान विज्ञ तथा अधिवक्ता हुन । उनी सार्वजनिक सरोकारका मुद्दा, सुशासन, पारदर्शिता, नागरिक अधिकार, संवैधानिकता र जवाफदेहिताका विषयमा सक्रिय रूपमा आवाज उठाउँदै आएका व्यक्ति हुन् ।

अदालतमा सार्वजनिक महत्वका विषयमा बहस गर्दै आएका आचार्य कानुनी क्षेत्रमा मात्रै होइन, सामाजिक र नागरिक अभियानहरूमा पनि निरन्तर सक्रियता जनाउँदै आएका छन् । रास्वपाबाट उम्मेदवार बनेपछि उनले “राजनीतिमा नयाँ संस्कार, जवाफदेही नेतृत्व र नागरिक केन्द्रित शासन प्रणाली” आफ्नो प्रमुख एजेन्डा भएको बताउँदै आएका छन् ।

घरदैलो अभियानमार्फत आचार्य मतदातासँग प्रत्यक्ष भेटघाट, राय-सल्लाह, सुझाव र गुनासो सुन्ने उद्देश्य लिएको जानकारी दिए । रास्वपा कपिलवस्तु १ ले अभियानलाई चुनावी प्रचारभन्दा बढी जनसम्पर्क अभियानका रूपमा अघि  बढाएको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *