कपिलवस्तु महोत्सवको तेस्रो दिन आज गायिका समीक्षा अधिकारी आउदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु, मंसिर २१

कपिलवस्तु उद्योग वाणिज्य संघद्वारा आयोजित १५औं कपिलवस्तु महोत्सवमा आज चर्चित गायिका समीक्षा अधिकारीले आफ्नो प्रस्तुति दिने भएकी छिन् । “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने नारासहित मंसिर १९ गतेदेखि सुरु भएको महोत्सवको तेस्रो दिनमा अधिकारी आउने कार्यक्रम रहेको छ ।

मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक रामजी सेनका अनुसार गायिका अधिकारीले बुद्ध रंगशालामा दर्जनभन्दा बढी लोकप्रिय गीत प्रस्तुत गरी दर्शकहरूलाई मनोरञ्जन दिनेछिन् । आजको कार्यक्रमका लागि समीक्षासँगै विक्रमबाबु विक, विष्णु ठट्टाराई, र श्याम बोहोरा पनि महोत्सवमा सहभागी हुनेछन् ।

यस्तै, भोलि शनिबार चर्चित गायिका शान्ता रानी परियारको प्रस्तुति रहने जानकारी दिइएको छ। उनले आफ्नो चर्चित गीत “म त ढलेँढलेँ” सहित अन्य गीतहरू प्रस्तुत गर्नेछिन् ।

महोत्सवअन्तर्गत १३औं कपिलवस्तु डान्स आइडलमा सहभागी १५ प्रतिस्पर्धीले विहीबार आफ्नो प्रस्तुति दिएका थिए । ती प्रस्तुतिका आधारमा आज केही प्रतिस्पर्धी बाहिरिने निर्णय गरिनेछ । महोत्सवले सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रममार्फत दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्न प्रयासरत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *