जनहित अनलाइन, कपिलवस्तु । बाणगंगा नगरपालिकाका प्रमुख प्रशासयिक अधिकृत भक्तिराम मरासिनीले महिला सशक्तिकरणको महिलाहरुमा विभिन्न सिपको विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । सिपको माध्यम बाट आर्थिक उपार्जन गर्दै आत्मनिर्भर हुन सके मत्र महिलाहरु हरेक क्षेत्रमा माथि उठ्न सक्ने बताउनुभयो ।
बुधवार देखि कपिलवस्तु उद्योग ब्यापार संघले आयोजना गरेको ५ दिने बाटेको धुप बनाउने तालिमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हा । साथै उहाँले तालिम प्रमाणपत्रको लागि मात्र नबनाउन समेत आग्रह गर्नुभयो । ५ दिन सम्म सिकेको सिपलाई व्यवहारमा लागु गर्न सके तालिमले सार्थकता पाउने बताउनुभयो ।
त्यस्तै कपिलवस्तु उद्योग ब्यापार संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) गृहणी महिलाहरुका बचेको समयलाई सदुपयोग गर्दै सिपको माध्यम बाट आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । तालिम प्रभावकारी बनेमा नगर सङ्गै जिल्लाका अन्य ठाउँमा पनि सञ्चालन गरिने उहाँले जानकारी गराउनुभयो ।
२० जनाको सहभागीता रहेको तालिममा सहभागी महिलाहरुले तालिम उपलब्धिमूलक हुने भन्दै अयोजकलाई धन्यवाद समेत दिएका थिए । जेठ १६ गतेदेखी २० गतेसम्म सञ्चालन हुने तालिमको प्रशिक्षकको रुपमा पुष्पा अधिकारी रहनुभएको छ ।
कार्यक्रमकी संयोजक नमूना पौडेलको अध्यक्षता, माधव भाट क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा संघका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।



