अर्घाखाँचीको छहरे खोलामा कपिलवस्तुका दुई युवा अस्ताए

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । घुम्नको लागि कपिलवस्तुको बाणगंगा बाट अर्घाखाँचीको शितगंगामा पुगेका दुई युवकको खोलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर २ का २८ बर्षिय उमेश पौडेल र सोहि स्थानकै २३ बर्षिय किसोर रास्कोटीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख तथा प्रहरी निरिक्षक रविन्द्र चन्दले जनहित अनलाइन सङ्ग बताउनुभयो ।

चन्दका अनुसार घुम्नको लागि सङ्गै गएका २० बर्षिय आशिस घिमिरे र ३२ बर्षिय अमृत बेल्बासे भने पौडिएर ज्यान जोगाउन सफल भएका छन । उनीहरु घाइते भएपनि अवस्था भने सामायन्य रहेको स्रोतले जनाएको छ । खोलाले बगाएर बेपत्ता भएका पौडेलको सव घटनास्थल बाट करिव २ सय मिटर तल ढाबको नहरमा र रास्कोटीको सव करिव १ किलोमिटर तल हडामा फेला परेको हो ।

उनीहरु मङ्गलवार शितगंगा १४ सिमलपानीको ढाब स्थित छहरे खोलामा नुहाउन तथा फोटो भिडियो खिच्न गएको थिए । सोहि क्रममा खोलामा एक्कासी आएको बाढीले उनीहरुलाई बगाएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय ठाडा, सिमलपानी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाको सहयोगमा उनीहरुको उद्धार गरिएको प्रहरी प्रमुख चन्दले जनहित सङ्ग बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *