कालीगण्डकीमा बेपत्ता किशोरको शव भेटियो

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका(३ घुमाउने तालस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले तीन दिनपछि आज फेला पारेको छ । घुमाउनेतालका १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा शनिबार कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका थिए । गोताखोर टोलीले करिब १५ फिट गहिराइबाट मल्लको शव निकालेको सशस्त्र प्रहरी बल […]
गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु

गुल्मी, ५ जेठ । गुल्मीमा मोटर साइकल दुर्घटनामा परी एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका –३ गोबडियाका २७ वर्षीय निशान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक गंगाबहादुर सारुले जानकारी दिएका छन । जिल्लाको रेसुङ्गा नगरपालिका –६ अन्तर्गत सिमाहाघाटबाट सदरमुकाम तम्घास आउने क्रममा लु […]
७५ वर्षीय जेष्ठ नागरिकले गरे नातिनीमाथि बलात्कार

लमही , ५ जेठ । दाङमा ७५ बर्षीय एक जेष्ठ नागरिकले नातिनी माथि बलात्कार गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार तुलसीपुर उपमहानगरपापिलका वडा नं। १७ बनकट्टा निवासी ७५ बर्षीय एक जेष्ठ नागरिकले ७ बर्षीया नातिनी माथि बलात्कार गरेका हुन् । शनिबार अपरान्ह ४ बजेतिर नातिनी बाख्रा चराउन गएको बेलामा […]
ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र

ढोरपाटन । दुई दशक अगाडि ट्र्याक खुलेको गलकोट–ताराखोला सडक कालोपत्र गरिएको छ । गलकोट नगरपालिका–३ हटिया बजारदेखि ताराखोला गाउँपालिका–१ को सिमानासम्म साढे छ किलोमिटर सडक कालोपत्र गरिएको हो । बागलुङ र म्याग्दी जिल्ला जोड्ने निर्माण भएको उक्त सडक पहिलो चरणमा १० किलोमिटर गर्ने गरी आयोजना सुरु भएको थियो । स्तरोन्नतीसहित कालोपत्र गर्नका लागि विसं २०७६ […]
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ / ०८३ को नीति तथा कार्यक्रम आज सोमवार ल्याउँदैछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको छैटौँ अधिवेशनको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश प्रमुख घर्तीमगरले वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा सम्बोधन गर्ने कार्यसूचीमा समावेश गरिएको छ । […]
स्रोत नखुलेको ९ लाख बढी रकमसहित कपिलवस्तुमा एक जना पक्राउ

कपिलबस्तु । कपिलवस्तुको मायादेवी गाँउपालिका( ४ चाकरचौडाबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक मोहन मणि अधिकारीका अनुसार कपिलवस्तुको मायादेवी गाउपालिका( ४ चाकरचौडा नजिकैबाट स्रोत नखुलेको ९ लाख २९ हजार सहित एक जना पक्राउ परेका हुन् । घटनाबारे थप विवरण भईरहेको प्रहरीले जनाएको छ । […]
चट्याङ लागेर जुम्लामा मरे २१ भेडाबाख्रा

जुम्ला । जुम्ला गुठिचौर गाउँपालका(२ को झुलेनी भन्ने ठाउँमा चट्याङले लागेर २१ वटा भेडाबाख्रा मरेका छन् । शनिबार साँझ पाँच बजे रुखमुनि बसेका बेला चट्याङ पर्दा २१ वटा भेडाबाख्रा मरेका हुन् । गुठिगाउँका किसान हिरबहादुर ऐडिका १६ र धनकृष्ण रोकायाका ६ वटा भेडाबाख्रा चट्याङमा परि मरेको गुठिचौर–२ का पूर्व वडास्य तथा स्थानीय धनबहादुर बोहोराले जानकारी […]
सिद्धार्थ क्याम्पस बाणगंगा कपिलवस्तुमा जलवायु परिवर्तनको असर न्यूनीकरण सम्बन्धी सेमिनार सम्पन्न

कपिलवस्तु । सिद्धार्थ क्याम्पस बाणगंगामा जलवायु परिवर्तनको असर न्यूनीकरण सम्बन्धी एकदिने सेमिनार सम्पन्न भएको छ । क्याम्पसमा रहेको अनुसन्धान व्यवस्थापन एकाइको आयोजनामा क्याम्पसको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहायक क्यम्पसका गोविन्द प्रसाद खनाल र प्राध्यापक रोमकान्त घिमिरेले जलवायु परिवर्तन र यसको असर न्यूनीकरण विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत भएका कार्यपत्रहरूमा जलवायु […]
जनता माध्यमिक विद्यालय बाणगंगा कपिलवस्तुको ६३ औँ वार्षिक उत्सव सम्पन्न

बाणगंगा । जनता माध्यमिक विद्यालय, बाणगंगा नगरपालिका २ पिपराले ६३ औँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री तथा कपिलवस्तु क्षेत्र नं. १ का सांसद बलराम अधिकारीले जनता मावि बहुप्रतिभाको खानी भएको र यसले अंग्रेजी माध्यममा अध्यापन गराएर उत्कृष्ट नतिजा दिन सफल भएको बताए। उनले […]
बाणगंगा खानेपानी समिति तिनैया डाँडाको चौँथो वार्षिक साधारण सभा सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । बाणगंगा खानेपानी सरसफाई तथा उपभोक्ता समिति तिनैया डाँडाको चौँथा वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार उपभोक्ता समितिको प्राङ्गणमा सभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै जिल्ला खानेपानी कपिलवस्तुका प्रमुख प्रकाश के.सीले खानेपानीले स्थानीयलाई शुद्ध पानी उपलब्ध गराएको भन्दै संस्था सुशासन, पारदर्शी तथा जवाफदेही तरिकाले सञ्चालन भईरहेको बताउनुभयो । कार्यक्रमका […]