अब राष्ट्रिय परिचयपत्रमार्फत ’केवाईसी’ सङ्कलन हुने

काठमाण्डौ ।  नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष २०८२/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा राष्ट्रिय परिचयपत्र प्रणालीको प्रयोगलाई बैंकिङ क्षेत्रसँग एकीकृत गर्ने उल्लेख छ । नीति अनुसार बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान अर्थात् (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सक्नेछन् । ग्राहकले एक पटक कुनै एक बैंकमा आफ्नो विवरण अद्यावधिक […]

लुम्बिनी प्रदेश सरकारको बजेट ७२ प्रतिशत खर्च 

लुम्बिनी प्रदेश कोष लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले पुँजीगत तर्फ विनियोजित २४ अर्ब ५८ करोड ५९ लाख रुपैयाँमध्ये १७ अर्ब ९१ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ । पुँजीगततर्फ ७२.८७ प्रतिशत बजेट खर्च भएको देखिन्छ । यस्तै चालुतर्फ १४ अर्ब ३८ करोड ४१ लाख रुपैयाँमध्ये १० अर्ब ९९ लाख रुपैयाँ अर्थात् ७१.६८ प्रतिशत खर्च […]

बचतकर्ताहरुद्वारा मध्यरातसम्म अध्यक्ष, सचिव र व्यवस्थापकको घर घेराउ, प्रहरीले मानेन जाहेरी दर्ता गर्न

सहकारीको बचत अपचलन गरी सम्पर्कबिहीन भएका डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्था तिलोत्तमा–३ का अध्यक्ष र सचिवको घर बचतकर्ताले मध्यरातसम्म घेराउ गरेका छन् । बिहीबार दिउँसो बचतकर्ताले व्यवस्थापक वसन्त पराजुलीको घर घेराउ ।गरेकोमा साँझदेखि राति १ बजेसम्म अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापाको घर घेराउ गरेका हुन् । सयौंको संख्यामा बचतकर्ता घर घेराउ गर्न पुगेपछि […]

आज देशभर मनसुनी वायुको प्रभाव : यी क्षेत्रमा धेरै वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक९दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम […]

गुरु पुर्णिमाको अवसरमा नवयुग शिक्षक पेशागत सहकारी संस्थाद्धारा गुरुलाई सम्मान

जनहित अनलाइन, कपिलवस्तु । गुरु पुर्णिमाको अवसरमा नवयुग शिक्षक पेशागत सहकारी संथा लिमिटेडले गुरुहरुलाई सम्मान गरेको छ । न्यु होराइजन पब्लिसर एण्ड डिस्ट्रिब्युटर प्रा.लि. को सहयोगमा पुर्वीय दर्शनमा गुरुहरुको महत्व विषयक अन्तरक्रिया कार्यक्रम गर्दै गुरुहरुलाइ सम्मान गरेको हो । कार्यक्रममा बोल्दै नेपाल सरकारका उपसचिब सुर्य प्रसाद भुसालले पछिल्लो समय शिक्षकहरुको मान र सम्मान हराउदै गएको […]

बौद्ध आगलागी : कोठाभित्रै अपाङ्गता भएकी महिलाको मृत्यु

काठमाडौँ  । काठमाडौँको बौद्धमा आज अपराह्न भएको आगलागीमा परी एक अपाङ्गता भएकी महिलाको मृत्यु भएको छ। काठमाडौँ महानगर पालिका वडा नम्बर ६ चेमजुङ गल्लीस्थित हरिप्रसाद गौतमको साढे ३ तले घरको भुईं तलाको कोठामा आगलागी हुँदा सोही कोठामा बस्ने काभ्रेपलाञ्चोक चौँरी देउराली घर भएकी ६५ वर्षीया उर्मिला तामाङको मृत्यु भएको हो। उक्त आगलागी अपराह्न ४ बजेको […]

दुई दिन बेपत्ता रहेका थबाङ गाउँपालिकाका सात कर्मचारीले भने, हामी गुल्मीमा छौँ

काठमाडौँ ।  दुई दिनदेखि सम्पर्कविहीन भएका रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी बिहीबार बिहान सम्पर्कमा आएका छन्। २४ गते बिहान कार्यालयमा मोबाइल नेटवर्क नआएको भन्दै गाडी चढेर रुकुम पूर्वतर्फ हिँडेका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहितका कर्मचारी मंगलबार र बुधबार सम्पर्कविहीन भएका थिए। कर्मचारी सम्पर्कमा नआएपछि पछि गाउँपालिकाकाले बुधबार सूचना निकालेको थियो । उनीहरू […]

आज गुरुपूर्णिमा गुरुजनप्रति सम्मानभाव प्रकट गरी मनाइदै

काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मानभाव प्रकट गरी मनाइन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीका अवसरमा वैदिककालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरुपूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दू संस्कृतिलाई […]

मायादेवीको पकडी स्वास्थ्य चौकीमा निःशुल्क आखा शिबिर

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका स्थित पकडी स्वास्थ्य चौकीमा निशुल्क आखा शिविर सम्पन्न भएको छ । मायादेवी गाउपालिकाको सहयोगमा स्काई टेक्निकल प्रालि तौलिहवालको आयोजनामा एक दिने शिविर संचालन सञ्चालन गरिएको हो । शिविरमा २ सय ५ जनाको आखाको जाच गर्दा ४५ जनामा मोतिया बिन्दु देखिएको संस्थाका प्रबन्धक निर्देशक सुरेन्द्र यादवले बताए । फेला परका ४५ […]

नागरिकको स्वास्थ्य प्रति गम्भिर छौं – नगर प्रमुख शाह

कपिलवस्तु । मानिसको सबै भन्दा ठूलो धन भनेकै स्वस्थ शरिर हो । रोग लाग्दा र समयमा रोगको पहिचान र निदान नहुदाँ अकालमै ज्यान गुमाउनु पर्ने हुन सक्छ, त्यसैले नागरिकहरुको स्वास्थ्यलाई नगरपालिकाले विशेष ध्यान दिएको र स्वास्थ्य प्रति गम्भिर रहेको कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहले बताउनु भएको छ । स्वस्थ नागरिक स्वस्थ नगरपालिका बनाउनका लागी […]