सरकारको निर्णयलाई प्रधानमन्त्रीकै सचिवालयको चुनौती, ‘प्रतिबन्धित’ सामाजिक सञ्जाल निर्बाध प्रयोग

काठमाडौं । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्ने निर्णय गरे पनि स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले भने उक्त निर्णयलाई बेवास्ता गर्दै ‘प्रतिबन्धित’ प्लेटफर्महरूको प्रयोगलाई निरन्तरता दिएको छ। सरकारको निर्णय सार्वजनिक भएको भोलिपल्टै प्रधानमन्त्रीको सचिवालयले फेसबुक र ह्वाट्सएपजस्ता प्लेटफर्महरू यथावत् रूपमा सञ्चालन गरिरहेको हो। ‘पीएम सेक्रेटेरियट’ नामक आधिकारिक फेसबुक पेजबाट शुक्रबार दिउँसो एमालेको […]

लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसआई’मा समर्थन गरेका छैनौँ : ओली

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिप्रति चीनसमक्ष आपत्ति दर्ज गरिएको बताएका छन् । यही भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा आफूले असहमति राखेको ओलीको भनाइ थियो । ललितपुरको सनराइज सभा हलमा शुक्रबारदेखि […]

सहकारीको ३७ करोड बढी रकम हिनामिना, अध्यक्ष सहित ३ जना पक्राउ

नेपालगन्ज । नेपालगन्जको सहकारी वित्तीय विकास संस्थामा ३७ करोड बढी रकम हिनामिना गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । सहकारीका अध्यक्ष हरदेवबक्स चौधरी, सिद्धिकुमार महर्जन र सुरत खटिकलाई पक्राउ गरिएको हो । अध्यक्ष चौधरीलाई ५ वर्ष कैद, ५० हजार जरिवाना तोकिएको छ। उनी यसअघि एक वर्ष कैद बसेर २५ लाख धरौटीमा छुटेका थिए । जिल्ला […]

नेपालगन्जमा ‘एनिमल एम्बुलेन्स’ सञ्चालन

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले घाइते वा अशक्त जनावरलाई उद्धारका लागि ‘एनिमल एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ । सो एम्बुलेन्स सञ्चालनमा आएपछि दुर्घटनामा परेका, कमजोर, रोगी वा अशक्त जनावरलाई अब अस्पताल वा सेल्टरसम्म पुर्‍याउन सहज हुने उपमहानगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख अच्युत गौतमले जानकारी दिए । उनका अनुसार ‘एनिमल नेपाल’ नामक गैरसरकारी संस्थाले उपमहानगरपालिकालाई एनिमल एम्बुलेन्स हस्तान्तरण […]

बाणगंगा अटो ट्रेडर्समा दशैँको अवसरमा आकर्षक छुट र अफरहरु

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा अटो ट्रेडर्सले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा विभिन्न अफर तथा डिसकाउन्टहरु सार्वजनिक गरेको छ । बाणगंगा १ वैरियामा रहेको बाणगंगा अटो ट्रेडर्स टिभिएसले चाडपर्वको अवसरमा मोटरसाइकल खरिदमा ९ हजार र स्कुटर खरिदमा ७ हजार डिसकाउन्ट सहितका विभिन्न अफरहरु सार्वजनिक गरेको हो । बाणगंगा अटो ट्रेडर्सका सञ्चालक मनोज पौडेलका […]

कपिलवस्तुमा मलको हाहाकार, रासासयिनक मलमा भारत कै भर

कपिलवस्तु । कपिलवस्तुका किसानहरु लामो समयदेखि रासायनिक मल नपाउँदा मारमा परेका छन्। साउन तेस्रो सातापछि वर्षा भएर रोपाइँ र रोपिएको धानलाई आवश्यक पानी पुगेपनि मलखादको हाहाकार भएपछि किसान चिन्तित बनेका हुन्। धान खेतमा मल हाल्ने सयम हो अहिले, तर कपिलस्तुमा युरिया र डिएपी मलको चरम अभाव छ। चाहिने बेलामा मल नपाए पछि उनीहरु मर्कामा परेका […]

दर्शन समाजको निमन्त्रणामा चलचित्र ‘मोहर’ को टिम कपिलवस्तुमा

जनहित अनलाइन, कपिलवस्तु । नेपाल दर्शन समाज कपिलवस्तुको विशेष निमन्त्रणमा प्रदर्शनरत चलचित्र ‘मोहर’ को टिम कपिलवस्तुमा आएको छ । चलचित्र प्रति दर्शकको प्रतिक्रिया बुझ्न तथा प्रचार प्रशारको लागि चलचित्रका निर्देशक ओम प्रतिक, निर्माता चुम्बन जगँ साही, मुख्य अभिनेत्री बेनिशा हमाल, अभिनेता अर्जुन जगँ साहि, प्रोडक्सन म्यानेजर लक्ष्मण राज पौडेल लगायतको टिम कपिलवस्तुको ओएसीस सिनेमा हलमा […]

युनाइटेड अस्पतालमा विशेषज्ञ सेवा विस्तार : इन्टर्नल मेडिसिन सेवा सुरु

कपिलवस्तु ।  कपिलवस्तुको बाणगंगा नगरपालिका–४, ठाकुरापुरस्थित युनाइटेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित युनाइटेड अस्पतालले सेवा विस्तारको महत्वपूर्ण पहल थालेको छ। अस्पतालले लामो अनुभवसहितका इन्टर्नल मेडिसिन विशेषज्ञ कन्सल्टेन्ट फिजिसियन डा.गोबिन्द रावतलाई आबद्ध गर्दै विशेष स्वागत कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक सुन्दर आचार्य, फेमिली फिजिसियन तथा जिपी सर्जन डा. पूर्ण घर्ती, हाडजोर्नी, नसा तथा […]

कपिलवस्तुमा राष्ट्रिय परिचय पत्र बनाउनेको भिड, हप्तौँसम्म पर्खिन सेवाग्राही बाध्य

कपिलवस्तुमा राष्ट्रिय परिचय पत्र बनाउनेहरुको भीड अत्याधिक बढेको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा सेवा लिन आउनेको संख्या उच्च भए पनि पर्याप्त व्यवस्थापन नहुँदा धेरैलाई हप्तौँसम्म पर्खिनुपर्ने बाध्यता सिर्जना भएको छ। सेवाग्राहीहरुले पटक–पटक कार्यालय धाउनुपरेको गुनासो गरेका छन्। “बिहानैदेखि लाइनमा बस्दा पनि नम्बर पाउँदैनौं, फेरि अर्को दिन आउनु पर्छ,” यशोधरा गाउँपालिका( ५ का मनोज गुप्ताले भने, […]

यशोधराको पुलमा भेटिएको शंकास्पद वस्तु पूजासम्बन्धी सामग्री भएको खुलासा 

कपिलवस्तु ।  कपिलवस्तुको यशोधरा गाउँपालिका–१ र ६ को सिमानामा पर्ने पुलमा शंकास्पद वस्तु फेला परेको छ। स्थानीयले जानकारी दिएअनुसार पुल नजिकै नरिवल, कईयो, सुपारी, टिका तथा पूजामा प्रयोग हुने सामग्रीहरू भेटिएका हुन्। शुरुआतमा शंकास्पद बस्तु भनी हल्ला फैलिएको भए पनि पछि ती सामग्री धार्मिक पूजासम्बन्धी भएको प्रष्ट भएको जनाइएको छ। घटनाबारे आवश्यक जानकारीका लागि प्रहरी […]