दाङमा उपचारका क्रममा बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड
दाङ । दाङको घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा उपचारका क्रममा बालकको मृत्युपछि आक्रोशित आफन्त र प्रहरीबीच बिहीबार झडप भएको छ । सडकमा प्रदर्शन गरी घोराही(लमही सडक अवरुद्ध गरिरहेका मृतकका आफन्त र प्रहरीबीच ढुंगा र लाठी हानाहान भएको छ । भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । मृतकका आफन्तले अस्पतालमा ढुंगामुढा र तोडफोड गरेका छन् […]
लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट
काठमाडौं । लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनु भट्टराईले कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् । शहरमा लिभिङ टुगेदरमा बस्नेहरुको संख्या बढ्दै जाँदा विभिन्न समस्या देखिएको भन्दै अधिवक्ता […]
एमाले लुम्बिनीले ८६ हजार पार्टी सदस्यको परीक्षा लिने
रुपन्देही । नेकपा एमाले लुम्बिनीले प्रदेशमा रहेका ८६ हजार २ सय ६० जना सदस्यको एकै पटक परीक्षा लिने भएको छ । पार्टी सदस्यहरूलाई नीतिगत तथा अन्य जानकारी दिलाउने उद्देश्यले यस प्रकारको नयाँ कार्यक्रम थालिएको एमालेको भनाइ छ । यहीँ चैत ५ गते हुने यस्तो परीक्षामा सदस्यको क्षमता अनुसारको प्रश्न तयारी गरिएको छ । निष्क्रिय सदस्यलाई […]
फेस गर्न नसक्ने भएपछि अधिवेशन अन्त्य गरेको एमाले लुम्बिनीको आरोप
बुटवल। तीन दिनमात्रै चलेको लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेको पत्र विहिबार प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयलाई पठाएको हो । मुख्यमन्त्री डिल्ली चौधरीले फेस गर्न नसक्ने भएपछि सदन छल्न अधिवेशन नै अन्त्य गरेको एमालेले आरोप लगाएको छ । चैत […]
जिप दुर्घटना अपडेट: आठको मृत्यु, सबैको सनाखत
टक्सार । धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा इटहरी-९ का चालक ४० वर्षीय मानबहादुर […]
शितगङ्गा १३ मा वडा स्तरीय शिक्षा समिति गठन
जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर १३ मा वडा स्तरीय शिक्षा समिति गठन गरिएको छ । बुधबार वडा अध्यक्ष दुर्गा बहादुर वि.सी. को संयोजकत्वमा समिति गठन गरिएको हो । जसको सदस्यहरूमा महिला जनप्रतिनिधिको तर्फ बाट तुलसा भाट, श्री प्रभाकर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष नुन बहादुर वि.सी. शिक्षक ऋषि राम वि.सी, दिपक […]
आठ महिनामा सरकारले उठायो छ खर्ब ६१ अर्ब राजश्व
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुन मसान्तसम्म ६ खर्ब ६१ अर्ब राजश्व संकलन गरेको छ । महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार गत आवको समीक्षा अवधि भन्दा ७।१३ प्रतिशत बढी राजश्व संकलन गरेको हो । गत आवको समीक्षा अवधिमा ६ खर्ब १७ अर्ब राजश्व संकलन गरेको थियो । चालु आवको ८ महिनामा […]
सडक दुर्घटनामा परी कुवेतमा ३ नेपालीको मृत्यु
काठमाडौँ । कुवेतमा सडक दुर्घटनामा परी ३ जना नेपाली युवाले ज्यान गुमाएका छन् । सोमबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सिसाइड रोडमा बाटो काट्ने क्रममा कारले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा काठमाडौंका सुजन कार्की, अछामका सुरतबहादुर कठायत र धनुषाका धीर गुर्मछान मगरको मृत्यु भएको हो । पापाजोन कम्पनीमा कार्यरत उनीहरूलाई कुवेती नागरिकले चलाएको […]
धरानबाट भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना : ७ जनाको मृत्यु, ७ घाइते
भाेजपुर । धरानबाट भोजपुरको दक्षिण घोरेटार जाँदै गरेकाे जीप दुर्घटनामा परि ज्यान गुमाउनेकाे सङ्ख्या सात जना पुगेकाे छ । जिल्ला प्रहरी कार्यालय भाेजपुरका अनुसार दुर्घटनामा परि एक बच्चा, तीन पुरुष र तीन महिलाको ज्यान गएकाे छ । को १ ज २५९३ नम्बरको जीप दिउँसाे साढे १ बजेतिर उदयपुरको बेलका नगरपालिका–७ बाखाकुवामा दुर्घटना भएको हो । दुर्घटनामा […]
सर्लाहीमा मन्दिर तोडफोड गरेको आरोपमा एकजना पक्राउ
जनकपुरधाम । सर्लाहीमा मन्दिर तोडफोड गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मलंगवा नगरपालिका-८ का ३३ वर्षीय राकेश बैठा छन् ।सदरमुकाम मलंगवास्थित दुई मन्दिर तोडफोड गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । मलंगवा नगरपालिका-८ स्थित राजदेवी मन्दिर र वडा नं। -९ स्थित झिलमिलिया माई मन्दिरभित्र रहेको मूर्ति तोडफोड गरेको आरोपमा बैठालाई पक्राउ […]