लुम्बिनीका गुम्बा र विहारमा व्यवसाय नगर्न विकास कोषको निर्देशन

लुम्बिनी । लुम्बिनी विकास कोषले यहाँका गुम्बा तथा विहारमा व्यावसायिक गतिविधि नगर्न सम्बद्ध सबैलाई निर्देशन दिएको छ । कोषले लुम्बिनीका विहारलाई विहार क्षेत्र विनियमावली, २०५८ अनुसार त्यहाँ बस्ने विदेशी नागरिकको विवरण बुझाउन पनि निर्देशन दिएको छ । लुम्बिनी विकास कोषको क्षेत्राधिकारका विहार क्षेत्र भगवान् बुद्धको शिक्षा र उपदेशको पूर्णरुपमा पालना गर्नुपर्ने स्थान रहेको स्मरण गराउँदै […]

रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने

गुल्मी ।  रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि सोही एयरलाइन्सले उडान भर्न लागेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो । रेसुङ्गा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले यात्रुको चाप बढेकाले नेपाल एयरलाइन्ससँग समन्वयमा एक उडान थप […]

४८ दिन पछि सञ्चालनमा आयो रानीमहल जाने सडक

पाल्पा । डेढ महिनादेखि मर्मतका लागि बन्द गरिएको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल जाने सडक सोमबारदेखि सञ्चालनमा आएको छ । सडकको हात्तीढुंगा नजिक बैकुन्ठे भीरमा ढलान कार्य गर्नका लागि गएको माघ १७ गतेदेखि आइतबारसम्म ४८ दिन बन्द भएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख बासुदेव भण्डारीले बताए । ढलानको कामका साथै त्यसलाई २८ दिनसम्म पानी […]

म्याग्दीमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार गाउँ जाँदै गरेको ग १ ज ७६५३ नम्बर प्लेटको यात्रुवाहक जिप सोही गाउँको पुछारमा पर्ने नेपाने भन्ने स्थानमा दुर्घटना हुँदा चालकसमेत दुई जनाको मृत्यु भएको छ । खोप्राबाट झरेका तीन जना पर्यटक लिन अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पोखरेबगरबाट पाउद्वार गाउँतर्फ जाँदै गरेको जिप आइतबार साँझ सडकदेखि करिब ५० मिटर तल […]

सुन प्रकरणमा जोडिएका माओवादी उपाध्यक्ष महरा पक्राउ

काठमाण्डौ । सुन प्रकरणमा जोडिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई बिहान कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता भिम प्रसाद ढकालले जानकारी दिनुभयो । महरालाई कपिलवस्तुबाट काठमाण्डौ ल्याईंदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा महरा दोषी रहेको भन्दै मुद्दा चलाउन सिफारिस गरेको थियो […]

पश्चिम नवलपरासीमा हजुरबुवा र नाति हत्या गर्ने दुई पक्राउ

परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ३ मर्चहवामा हजुरबुवा र नातिको हत्यामा संलग्न दुई युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।हत्या भएको ३२ दिनपछि प्रहरीले हत्यामा सम्लग्न भएको आरोपमा स्थानीय २९ वर्षीय अजय धरिकार र २० वर्षीय चन्दन हरिजनलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । आइतबार जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले पत्रकार सम्मेलन गरेर फागुन १ […]

सुस्मिता हत्या प्रकरणः न्यायको लागि आन्दोलनलाई अझ सशक्त बनाइने

चेतन विष्ट, कपिलवस्तु । २०७७ सालमा हेटौंडामा सुस्मिता केसीको हत्यामा मुख्य योजनाकार भनिएका दुई जनालाई उच्च अदालतले सफाई दिएपछि आन्दोलनमा उत्रिएको संघर्ष समितिले आन्दोलनलाई अझ सशक्त बनाउने भएको छ । केहि दिन अगाडि सुस्मिताको माइती घर कपिलवस्तुको बाणगंगामा गठन भएको संघर्ष समितिले सो निर्णय गरेको हो । लामो संर्घस पछि जिल्ला अदालतले हत्याराहरुलाई कानुनी दायरामा […]

अर्घाखाँचीमा माटोको ढिस्कोले पुरेर एक जना महिलाको मृत्यु, एक जना घाईते

अर्घाखाँची । माटोको ढिस्कोले पुरिएर अर्घाखाँचीको शितगंगा २ सितापुर झिर्रामा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य १ जना घाईते हुनु भएको छ। मृत्य हुनेमा शितगंगा २ झिर्रा निवासी ४० बर्षिय शारदा अधिकारी रहनु भएको छ । माटोको ढिस्कोले पुरिएर घाईते भएकी शारदा अधिकारीलाई ठाडा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा चेकजाँचको क्रममा चिकित्सकले मृत […]

मूल्य नपाउदा दाङमा गोदाममै थन्कियो १५ लाखको मह

दाङ । शान्तिनगर गाउँपालिका ५ रगैजाका सञ्जय भण्डारीले आफूहरूले उत्पादन गरेको मौरीको महले बजार नपाएको गुनासो गरेका छन्। गत वर्ष उत्पादन भएको करिब डेढ टन मह अहिले पनि गोदाममै थन्काएर राखेको उनले बताए। उनका अनुसार व्यावसायिक रुपमा मौरीपालन गर्न लागेको करिब १८ वर्ष भयो। विगतका वर्षहरूमा राम्रै भए तापनि २- ३ वर्षदेखि महले बजार पाउन सकेको […]

गर्मी मौसम सङ्गै डढेलोको जोखिम बढ्यो, एकैदिन साढे आठ सय ठाउँमा डढेलो

काठमाण्डौ । पछिल्लो चौबीस घण्टामा देशका आठ सय ५० ठाउँमा डढेलो पहिचान भएको छ । शुक्रवार राति साढे आठ बजेदेखि गएराति साढे ८ बजेसम्मको चौबीस घण्टाको स्याटलाइट तस्बिर अनुगमनबाट आठ सय ५० ठाउँमा डढेलो पहिचान भएको वन डढेलोको अनुगमन गर्दै आएको संस्था नेपाल फरेस्ट फायर म्यानेजमेन्ट च्याप्टर (एन.एफ.एम.सी) ले जनाएको छ । ५९ वटा जिल्लाका […]