दाङमा सार्वजनिक जग्गा संरक्षणका लागि प्रशासनद्वारा खोजी कार्य सुरु

घोराही । दाङमा सार्वजनिक जग्गा संरक्षणका लागि जिल्ला प्रशासन कार्यालयले खोजी गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरेर सार्वजनिक जग्गा अतिक्रमण गरेकोबारे जानकारी दिन आग्रह गरेको हो । अतिक्रमणमा परेको जग्गा खोजी गरेर अभिलेखीकरण गरिने प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभएको छ । तथ्याङ्क सङ्कलन गरेर आफ्नो क्षेत्राधिकारभित्र पर्ने जग्गामा […]
पाल्पाका १४ हजार बढी बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप
तानसेन । पाल्पाका १४ हजारभन्दा बढी बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । गत फागुन १६ गतेदेखि जिल्लाभर सञ्चालन भएको अभियानमा साढे १४ हजार बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका हुन् । दुई नगरपालिकासहित आठ गाउँपालिकाका १३ हजार ९३४ बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी बालबालिका खोप अभियानमा सहभागी भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । […]
गायक डुम्रे र गायिका काफलेको स्वरमा“फरर डोरी” सार्वजनिक
काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका लागी […]
बढ्यो वैदशिक रोजगारीमा ठगीको धन्दा, आफन्त नै बिचौलियामा
काठमाडौ । आफन्तहरू नै बिचौलिया बन्दा मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगीने क्रम बढेको छ। म्यानपावरको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगीने क्रम बढेको हो। सरकारले मान्यता नदिएका म्यानपावर तथा विचौलियाको माध्यमबाट वैदेशिक रोजगारको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगीने क्रम बढ्दै गएको आप्रवासी स्रोत केन्द्र विराटनगरले जनाएको छ। केन्द्रका अनुसार चालु आर्थिक […]
गोली हानेर दुई भारतीय अपराधीलाई हतियारसहित नियन्त्रणमा
काठमाडौ । सर्लाहीमा प्रहरीले गोली हानेर दुईजना भारतीय अपराधीलाई हतियारसहित नियन्त्रणमा लिएको छ। भारतबाट लुटपाट गर्न सर्लाहीको बरहथवा तर्फ आउँदै गर्दा गस्तिमा खटिएको प्रहरी टोलीलाई देखेर भाग्न खोज्दा प्रहरीले गोली चलाएर उनीहरुलाई नियन्त्रणमा लिएको हो। हतियारसहित भारतबाट गयराति लुटपाट गर्न आएका लुटेराहरुलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागि उनीहरू घाइते भएका थिए। भारत मोतिहारीका जिरेन्द्र […]
महाधिवेशनको तयारीमा जुट्न माधव नेपालको निर्देशन
काठमाडौं ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन्।अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै गत फागुन २१ गते गठबन्धन फेरिएर विकसित नयाँ राजनीतिक घटनाक्रमबाट अन्योलमा नपरी महाधिवेशनमा जुट्न कार्यकर्ता पङ्क्तिलाई निर्देशन दिएका हुन्। ‘हामीले आवश्यक राजनीतिक पहलकदमी लिँदै अगाडि बढ्नुपर्छ’, उनले भने, ‘तर कुनै पनि अन्योलमा नपरी पार्टीको […]
बुद्धभूमिले सञ्चालन गरेको आधारभूत तहको परीक्षा रद्ध
कपिलवस्तु । कपिलवस्तु जिल्ला स्थित बुद्धभूमि नगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को आधारभूत तहको वार्षिक परीक्षा रद्ध गरेको छ । मिति २०८० चैत्र ४ गते आइतबार गणित विषयको परीक्षा रद्ध गरिएको शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टराईले बताएका छन् । एक सुचना जारी गरेर परिक्षा रद्ध भएको जानकारी गराइएको हो । २०८० चैत्र ५ गतेको बैठकको […]
निसीखोला बस दुर्घटना: मृतक ९ र घाइते २६ जनाकै सनाखत
बुटवल। बागलुङको निसीखोलामा मंगलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने र घाइते सबैको सनाखत भएको छ। दुर्घटनामा बस धनी र चालक सहित ९ जनाको मृत्यु भएको र २६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीले जानकारी दिए। घाइते मध्ये धेरैको अवस्था गम्भीर छ। पूर्वी रुकुमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख […]
थप १६ नेपालीको मृत्यु भए सङ्गै रुस युद्धमा ज्यान गुमाउनेको संख्या ३३ पुग्यो
काठमाडौँ । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १६ नेपालीको मृत्यु भएको जानकारी सरकारलाई प्राप्त भए पनि उनीहरूको मृत्युको बारेमा यकिन गर्न अहिले डिएनए टेष्टको लागि नेपाल ल्याइएको छ । रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध गरेर ज्यान गुमाउने नेपालीको संख्या ३३ पुगेको […]
नेपाली महिला क्रिकेट टोलीका पूर्व कप्तान थापाको सन्यास
काठमाण्डौ । उनको कप्तानीमा महिला राष्ट्रिय टोलीले सन् २००८ र २०१० मा एसीसी १९ वर्षमूनीको महिला च्याम्पियनसिपको उपाधि जितेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका पूर्व कप्तान नेरी थापाले सन्यासको घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् नेरीले आफ्नो १७ वर्षे क्रिकेट करियरलाई विश्राम दिएको घोषणा गरेकी हुन् । उनी नेपाली महिला क्रिकेट टोलीको पहिलो कप्तान पनि […]