नेपालमा गहुँबालीको कालो सिन्दुरे रोगको प्रजाति फेला

काठमाण्डौ । नेपालमा गहुँबालीमा लाग्ने कालो सिन्दुरे रोगको प्रजाति ‘यूजी–९९’ को ‘टीटीकेटीटी’ पहिलोपटक पत्ता लागेको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारका वैज्ञानिकले पहिलोपटक यो रोगको प्रजाति नेपालमा पनि देखिएको पुष्टि गरेका हुन् । केन्द्रका प्रमुख सुरज बैद्यकाअनुसार वैज्ञानिकहरुले गएको कात्तिक २२ गते देलखाको दांगढुंगे र खरिढुंगाका क्षेत्रमा गाईवस्तुको आहाराको लागि हरियो घाँसको […]

प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप चैत्र १७ गतेदेखि शुरु हुँदै

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको चारनम्बरमा प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप–२०८० हुने भएको छ । आगामि चैत्र १७ गतेदखि चारनम्बर स्थित बुद्धरङ्गशालामा प्रतियोगिता शुरु हुन लागेको हो । प्रतियोगिताको बोरमा जानकारी दिन बुधवार बुद्धरङ्गशालामा आयोजना गरिएको पत्रकार सम्मेलनमा ’स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित १७ देखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने कपिलवस्तु फुटबल […]

बाणगंगामा सञ्चालित पाचौँ मेयर कपको उपाधि वडा नम्बर ४ ले जित्यो

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा जारी पाचौँ मेयर कपको उपाधि वडा नम्बर ४ ले जितेको छ । चारनम्बर स्थित बुद्धरगंशालामा आज मंगलबार भएको फाइनल खेलमा वडा नम्बर २ लाई १—० गोल अन्तरले हराउँदै ४ ले उपाधि जित्न सफल भएको नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी. ले जनहित अनलाइन सङ्ग […]

दोस्रो टी–२० अभ्यास खेलमा पनि आयरल्याण्ड ए माथि नेपाल विजयी

काठमाण्डाै । आयरल्याण्ड उल्भ्ससँगको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला नेपालले जितेको छ । आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा आयरल्याण्ड उल्भ्सलाई ७१ रनले हराएसँगै दुई खेलको शृङ्खला नेपालले जितेको हो । त्रिबि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ९८ रनको लक्ष्य आयरल्याण्ड उल्भ्सले १८ दशमलब तीन ओभरमा १ सय २७ रन मात्र बनाउन सक्यो । उसका लागि […]

मेरोमाइक्रोफाइनान्स जितपुरको वार्षिक केन्द्र गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि

चेतन विष्ट,कपिलवस्तु । मेरोमाइक्रोफाइनान्स जितपुर शाखाको वार्षिक केन्द्र गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि सम्पन्न भएको छ । वित्तीय कारोबारलाई व्यवस्थित र मर्यादित गराउने उद्देश्य मगंलबार साक्षरता अभिवृद्धि कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै बाणगंगा नरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष छबि रेस्मि मगरले सहकारी तथा लघुवित्त संस्थाले प्रदान गरेको आर्थिक स्रोतलाई उत्पादनमुलक क्षेत्रमा लगानी […]

नेता-कार्यकर्ताप्रति शंकर पोखरेलको असन्तुष्टि : स्वार्थका लागि हुल बाँधेरै प्रतिस्पर्धा गर्न उत्रिरहेका छन्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी कमिटीमा टीम बनाएर भइरहेको प्रतिस्पर्धाप्रति असन्तुष्टि जनाएका छन् । बागमती प्रदेश कमिटीको बैठकमा सम्बोधन गर्दै नीति र नेतृत्व र राजनीतिक मुद्दा फरक नभए पनि केहीले व्यक्तिगत स्वार्थको लागि टीम बनाइरहेको आरोप लगाए । उनले भने, ‘यतिबेला पार्टीभित्र नीति र नेतृत्वको प्रश्नमा विवाद छैन । राजनीतिक मुद्दामा पनि […]

रुकुम पूर्वमा एक वर्षमा १८५ वटा अवैध हतियार बरामद

रुकुम पूर्व । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले एक वर्षमा १८५ वटा अवैध हतियार बरामद गरेको छ । गत वर्षको फागुनदेखि यही चैत १२ गतेसम्म कार्यालयले उक्त परिमाणमा अवैध हतियार बरामद गरेको हो । बरामद हतियारमध्ये १८३ भरुवा बन्दुक र दुई थान पेस्ताल रहेको प्रहरीले जनाएको छ । यही हप्तामात्रै भुमे गाउँपालिका–४ र १ स्थित […]

रुपन्देहीमा होलीको दिन ४ वटा दुर्घटना, १ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा होली सुरक्षा कार्यक्रम अन्तर्गत प्रहरीले ३१७ सवारी साधनलाई सवारी नियम उल्लङ्घन गरी चलाइएको आरोपमा नियन्त्रणमा लिएको छ। होलीका क्रममा रुपन्देहीमा ४ वटा दुर्घटना भएको र सोही क्रममा एकजनाको ज्यान गएको तथा ३ जना घाइते भएका छन् । अमर्यादित होली खेल्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका […]

नेपाल प्रहरीका २३ जना कर्मचारी सम्पर्कविहीन

काठमाडौँ । नेपाल प्रहरीका २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै २३ जना कर्मचारी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको जनाएको हो । प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ । तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कारबाही प्रक्रिया […]

बाँकेमा श्रीमतीको हत्य, श्रीमान पक्राउ

खजुरा । कोहलपुर प्रहरीले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले बाँकेको कोहलपुरमा आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा बाँसगढी नगरपालिका वडा नं. ४ बर्दियाका २२ वर्षीय अनिल विकलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार चैत १२ गते विकले […]