एक वर्षमा देशभर ५९ हजार बढी मुद्दा दर्ता, बैंकिङ कसुरका सबैभन्दा धेरै

काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो एक वर्षमा विभिन्न घटनाका ५९ हजार ०६१ वटा मुद्दा दर्ता भएको जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीम ढकालले बिहीबार पछिल्लो एक वर्ष (२०७९ चैत्र १० गतेदेखि २०८० फागुन ३० गतेसम्म) मा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धि सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। उनका अनुसार सबैभन्दा […]
प्रहरीले अभिभावकको कुरै नसुनेरको भन्दै सुसाइड नोट लेखेर आत्महत्या
कपिलवस्तु । प्रहरीले आफ्ना अभिभावकको कुरै नसुनेर दोषी करार गरेको आरोप लगाउँदै एक युवतीले सुसाइड नोट लेखेर आत्महत्या गरेकी छिन् । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ३ पडसडा निवासी मनिता चौधरीले घरायसी बिवादमा प्रहरीले आफुलाई दोषी ठानेको भन्दै आत्महत्या गर्न बाध्य भएको सुसाईड नोटमा लेखेकी हुन् । जग्गा बिवादमा आफ्ना बुबाका दाजुभाईमा ठुलोबुबा र उनकी […]
प्रधानमन्त्री र देउवाबीच भेटवार्ता, संवैधानिक परिषद् बैठक बोलाइयो
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच छलफल भएको छ । बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री र देउवाबीच छलफल भएको । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग छलफल गरेपछि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक परिषद्को बैठक आइतबार बिहान सिंहदरबारमा बस्नेगरी बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए […]
थुनामा रहेका रायमाझीको मुटुमा समस्या
काठमाण्डौ । भुटानी शरणार्थी बेचबिखन प्रकरणका आरोपी तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीको मुटुमा समस्या देखिएपछि उपचार भइरहेको छ । रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा डाक्टरको निगरानीमा राखिएको प्रशासनले जनाएको छ । नेता रायमाझीको मुटुमा समस्या भएपछि हिजो भर्ना गरिएको थियो । नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै […]
कपिलवस्तुमा एसईई परीक्षाको सम्पुर्ण तयारी पुरा, ९ हजार बढी परिक्षार्थी सहभागी हुँदै

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै तयारी पूरा भएको छ । भोली विहीबार विहान ८ बजेदेखि देशैभर सञ्चालन हुन लागेको एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कपिलवस्तुले जनाएको छ । शिक्षा विकास तथा समन्व्य इकाइ कपिलवस्तुका शाखा अधिकृत चोपलाल बेल्वासेले जनहित अनलाइनलाई दिएको जानकारी […]
भोलिदेखि शुरु हुने एसईईको सबै तयारी पूरा
काठमाण्डौ । भोलिदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर महाश्रम शर्माले प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला–जिल्ला पुर्याइएको जानकारी दिँदै परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई […]
उपचुनावमा सत्तारुढ गठबन्धनका दलले छुट्टाछुट्टै उम्मेदवारी दिने
काठमाण्डौ । वैशाख १५ गते हुने उपचुनावमा सत्तारुढ गठबन्धनका दलले छुट्टाछुट्टै उम्मेदवारी दिने भएका छन् । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि उम्मेदवारी दिने निर्णय गरिसकेकोमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि आफ्नै उम्मेदवारी दिने निर्णय गरेका हुन् । वैशाख १५ गते इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ र बझाङमा प्रदेश सभा निर्वाचन क्षेत्र […]
रुपन्देही बाट १८ वर्षपछि हत्या आरोपी पक्राउ
भैरहवा । विगत १८ वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका कर्तव्य ज्यान मुद्दाका एक आरोपी पक्राउ परेका छन् । साविक रुपन्देहीको गंगोलिया गाविस ५ ९हाल तिलोत्तमा नगरपालिका १७० दरखसवा निवासी रामपृत मल्लाह नामका आरोपी सुनौली नाकाबाट पक्राउ परेका रुपन्देही प्रहरीले जनाएको छ । स्थानीय जंगबहादुर यादवको २०६२ पुस २५ गते भएको हत्यामा संलग्न रहेको उनीमाथि आरोप […]
भरुवा बन्दुकसहित पाल्पा बाट चार जना प्रहरी नियन्त्रणमा
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, बल्ढेङगढीबाट अवैध भरुवा बन्दुकसहित चार जनालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ । अवैध भरुवा बन्दुक बोकेर हिँडेको अवस्थामा रैनादेवी छहरा गाउँपालिका–७, बल्ढेङगढीबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पक्राउ पर्नेमा रैनादेवी छहरा–७ का ५६ वर्षीय विनोद थापा, रुपन्देही जिल्ला सैनामैना नगरपालिका–५ का ३८ वर्षीय सन्तोष […]
क्यान्सर पीडित रमेशलाई युएई बाट १ लाख ५० हजार बढी सहयोग जुट्यो
चेतन विष्ट, कपिलवस्तु । लामो सयमदेखि क्यान्सर रोगको उपचार गराइरहेका रमेश भाट क्षेत्रीलाई युएई बाट १ लाख ५० हजार बढी सहयोग जुटेको छ । युएईका विभिन्न सहरमा काम गर्दै आइरहेका नेपालीहरु बाट १ लाख ५० हजार ८६० रुपैयाँ सङ्कलन गरि रमेशको बैंक खातामा पठाइएको अभियानका संयोजक हरि वि.सी. ले बताउनुभयो । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा […]