मध्यपूर्वको तनावका कारण नेपाल, ओमान र यूएईबीचको लिग–२ शृङ्खला स्थगित

काठमाण्डाै । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपाल, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको त्रिदेशीय एकदिवसीय शृङ्खला स्थगित भएको छ । मध्यपूर्वको तनावलाई ध्यानमा राख्दै नेपालमा तय भएको लिग–टू शृङ्खला स्थगित भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जानकारी दिएको छ । यो शृङ्खला यही फागुन २६ देखि चैत ६ गतेसम्म काठमाण्डौको कीर्तिपुरमा रहेको त्रिवि […]

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

रुपन्देही । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नेपाल–भारत सीमानाकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सीमानाकामा सुरक्षाका लागि दुवै देशका सीमा क्षेत्रका अधिकारीबीच अनौपचारिक सीमा समन्वय बैठक सम्पन्न भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले भारत उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लाका समकक्षीसँग प्रतिनिधिसभा निर्वाचन २०८२ […]

दाङमा पौडी खेल्दा डुबेर एक किशोरको मृत्यु

दाङ ।  घोराहीमा पौडी खेल्ने क्रममा तालमा डुबेर मंगलबार बेलुका एक किशोरको मृत्यु भएको छ।  मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१६ ठोकरैयाका १३ बर्षीय दिवश बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । दिनभरी होली खेलेर बेलुकापख साथीहरुसँग स्थानीय तालमा नुहाउन पसेका बुढा डुबेर वेपत्ता भएका थिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले […]

७७ जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । गृह मन्त्रालयले यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रालयमा बुधबार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठक गरेर निर्वाचन सुरक्षालगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख […]

जोखिमयुक्त क्षेत्रबाट नेपाली श्रमिक स्थानान्तरण

काठमाडौँ ।  खाडी मुलुकस्थित अमेरिकी सैन्य क्याम्प र जोखिमयुक्त क्षेत्रमा रहेका नेपाली श्रमिकलाई रोजगारदाताले सुरक्षित स्थानमा सारेका छन् । इरानले निसाना बनाउन सक्ने स्थानमा रहेका श्रमिकलाई सुरक्षित ठाउँमा सारिएको हो । अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि इरानले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य क्याम्पलाई निसाना बनाइरहेको छ । सबैभन्दा पहिला बहराइनस्थित अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरिएको थियो । ‘हामीलाई […]

भोलि हुने मतदानको आवश्यक तयारी अन्तिम चरणमा

काठमाण्डौ । भोलि हुने मतदानका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार छिटपुटबाहेक सबैजसो तयारी सकिएको छ । चुनाव सुरक्षार्थ परिचालन गरिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागसहितको एकीकृत सुरक्षा टोली ७७ वटै जिल्लाका मतदान केन्द्रमा परिचालन भएको छ । सबै मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी […]

आज तराई मधेशमा होली पर्व मनाइँदै

काठमाडौं । रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ ।पहाडी र हिमाली जिल्लाहरुमा सोमबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराई मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा सोमबार सार्वजनिक बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ […]

मौन अवधि लाग्दै गर्दा कपिलवस्तु १ मा रास्वपाको शक्ति प्रदर्शन, उत्साहपुर्ण सहभागि

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु क्षेत्र नम्बर १ ले आज शक्ति प्रदर्शन गरेको छ । मौन अवधि लाग्दै गर्दा विभिन्न ठाउँलाई समेटेर गरेको मोटरसाइकल र्यालीमा मतदाताको उत्साह पुर्ण सहभागिता देखिएको हो । यस क्षेत्रका उम्मेद्वार मोहनलाल आचार्य सहितको उक्त र्याली बिहान १० बजे चारनम्बर चोक बाट क्षेत्र भित्र पर्ने चारवटै पालिकामा […]

कपिलवस्तु १ मा एमालेका उम्मेद्वार चौधरीको चुनावी तिव्रता

कपिलवस्तु । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिदै गर्दा कपिलवस्तु क्षेत्र नं. १ मा नेकपा (एमाले) ले घरदैलो तथा मतदाता भेटघाटलाई तिब्र बनाएको छ । यहि फागुन २१ गते हुन गईरहेको निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. १ मा एमालेको तर्फबाट प्रत्यक्ष तर्फ विश्राम प्रसाद चौधरी उम्मेद्वारको रुपमा रहनुभएको छ भने समानुपातिक तर्फ जन्जिर प्रसाद चौधरी रहनुभएको […]

कपिलवस्तु–१ मा कांग्रेसको चुनावी माहोल तिव्र, नेता तथा कार्यकर्ता उत्साहित

कपिलवस्तु । फागुन २१ को प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको चुनावी माहोल तीव्र बन्दै गएको छ। गाउँ–गाउँमा घरदैलो, भेटघाट तथा चुनावी अभियान सक्रिय बनेपछि नेता तथा कार्यकर्तामा उत्साह थपिएको देखिएको छ। कांग्रेसका उम्मेदवार अतहर कमाल मुसलमान सहितका नेताहरू यतिबेला विभिन्न गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। […]