डढेलोले पाल्पामा तीन सातामा ३ हजार २ सय १६ हेक्टर जंगल नष्ट
पाल्पा । पाल्पामा पछिल्ला तीन सातामा १ सय ४६ स्थानमा डढेलो लाग्दा ३ हजार २ सय १६ हेक्टर जंगल सखाप भएको छ । वैशाख पहिलो सातादेखि फैलिएको डढेलोले तिनाउ गाउँपालिका क्षेत्रमा ९ सय ८९, माथागढीमा ६ सय ४, तानसेनमा ४ सय ९५, रामपुरमा ४ सय ५६ हेक्टर क्षेत्रफल जंगल सखाप भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको […]
बुटवलमा रहेको मुख्मन्त्रीको आवास हटाउने निर्णय
दाङ । लुम्बिनी प्रदेश सरकारले बुटवलमा रहेको मुख्यमन्त्रीको आवास हटाउने भएको छ । प्रदेश सरकार स्थापना भएदेखी राजश्व अनुसन्धानको कार्यालयको भवन मासिक करिब दुई लाख रुपैयाँ बुझाउनेगरी सरकारले भाडामा लिएको थियो । बुटवलमा रहेको प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका देउखुरीमा सरेपनि मुख्यमन्त्रीको आवास भने यथावत थियो । आइतबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले मुख्यमन्त्रीको आवासको रुपमा […]
शितगंगामा महिला सञ्चारकर्मीहरुका लागि क्षमता अभिवृद्धि तालिम
अर्घाखाँची । शितगंगा नगरपालिकामा जिल्लाका महिला सञ्चारकर्मीहरुका लागि १ दिने क्षमता वृद्धि तालिम सम्पन्न भएको छ । शितगंगा नगरपालिकाको सहयोगमा कमल पोखरी युवा क्लबको आयोजना तथा न्युज पाना मिडिया प्रा.लि.को सहजिकरणमा सञ्चलालित कार्यक्रममा जिल्लाका बिभिन्न मिडियामा कार्यरत ३२ जना महिला सञ्चारकर्मी सहभागी रहेका थिए । तालिमले न्युनतम आचार सहिंता बारेमा सिकाइ भएको र छोटो समयमै […]
कपिलवस्तुको बाणगंगा बाट हातहतियार र मृगको मासुसहित चार जना पक्राउ
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा बाट विभिन्न हातहतियार र जङ्गली जनावर मृग जस्तो देखिने जनावरको मासु सहित चार जना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय पिपरा बाट खटिएको प्रहरी टोलिले विशेष सुचनाको आधारमा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डि.एस.पि. हरि बहादुर ओलीले जनहित अनलाइन सङ्ग बताउनुभयो । पक्राउ पर्नेहरूमा बाणगंगा नगरपालिका १ जितपुर […]
ट्राफिक प्रहरी कार्यालय तौलिहवाले ट्राफिक सचेतना कार्यलाई तिव्र बनाउँदै
जनहित अनलाइन, कपिलवस्तु । ट्राफिक प्रहरी कार्यालय तौलिहवाले ट्राफिक सचेतना कार्यलाई तिव्र बनाएको छ । जिल्लाको सदरमुकाम तौलिहवा लगायत आसपासका क्षेत्रमा सचेतना कार्यलाई तिव्र बनाइएको हो । तौलिहवा मताहत क्षेत्रमा सवारी चालक, पैदल यात्रु तथा स्कूल बसका विद्यार्थी गरी पछिल्लो तीन महिनामा करिब दुई हजार जनामा ट्राफिक ऐन नियम, संकेत तथा दुर्घटना सम्बन्धमा जनचेतना मूलक […]
मन्त्री पदबाट राजीनामा दिएका अहिरद्वारा १५ दिनपछि पुन: मन्त्रीको पदभार ग्रहण
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सहमति पालना नगरेको भन्दै मन्त्री पदबाट राजीनामा दिएका जनता समाजवादी पार्टीबाट कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले पुन: मन्त्रीको पदभार ग्रहण गरेका छन् । केन्द्रमा आइतबार पार्टी विभाजन भएपछि अशोक राई नेतृत्वको पार्टीमा लागेर उनले सोही मन्त्रालयमा सोमबार पदभार ग्रहण गरेका हुन् । चैत २३ गते विनाविभागीय मन्त्री […]
रुपन्देहीमा तोकिएको भन्दा बढी भाडा असुल्ने सात ट्याक्सी व्यवसायीलाई कारबाही
भैरहवा । तोकिएकोभन्दा बढी भाडा असुल्ने सातजना ट्याक्सी व्यवसायी कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालयले भैरहवाको विभिन्न स्थानमा स्थलगत अनुगमन गरी उनीहरुमाथि कारबाही गरेको हो । लु १ ज २७६३, लु १ ज २७४१, लु १ ज २४९८, लु १ ज २३४३, लु १ ज ४०६१, लु १ ज ३८९५, लु १ ज ३२६३ […]
बाणगंगाकी अनिता: दुबै मृगौला फेल भएपछि सहयोगको याचना
हरि आचार्य, कपिलवस्तु । कपिलवस्तुको बाणगंगाकी अनिता आले पछिल्लो ४ बर्ष यता एउटै पिडाले चिन्तामा छिन् । बाणगंगा नगरपालिका वडा नम्बर १ जितपुर (पत्थरैया) निवासी ३५ बर्षिया आले मगर दुबै मृगौला फेल भएका कारण पिडित छिन् । पछिल्लो चार वर्ष देखि मृगौलाको डायलासिस गरिरहेकी मगरलाई अहिले भने आर्थिक अवस्था कमजोर हुंदा उपचारमा समस्या परेको छ […]
गुल्मीको पराल्मीकी विक १० दिनदेखि छोराछोरीसहित बेपत्ता
गुल्मी । गुल्मीमा दुई सन्तानसहित आमा बेपत्ता भएकी छिन्। जिल्लाको रेसुंगा नगरपालिका– १४ पराल्मीकी ३० वर्षीया कोपिला विक १२ बैशाखदेखि बेपत्ता छिन्। उनको साथमा एक वर्षका छोरा शीर्षक र १० वर्षीया छोरी मनिषा पनि छन्। आफू काममा गएको बेला छोरालाई औषधी गर्न गाउँ जान्छु भनेर हिँडेको श्रीमान कृष्ण विक बताउँछन्। आफन्तहरु सवैतिर खोजतलास गर्दा पनि […]
वेस्ट इन्डिजविरुद्धको अन्तिम खेलमा ६ विकेट नेपाल विजयी
काठमाडौं । वेस्ट इन्डिज ‘ए’सँगको पाँचौं टि-ट्वेन्टीमा नेपाल विजयी भएको छ । अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । नेपालको जितका लागि आशिफ शेख र अनिल साहले अर्ध शतक बनाए भने कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ३७ रन प्रहार गरे । टीयू क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ पहिलो ब्याटिङ गर्दै […]