क्रिकेटर लामिछानेलाई अहिले पनि अमेरिकाले भिसा दिएन

काठमाडौं । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ । टी(२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो । नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए […]

अत्याधिक गर्मी बढेपछि बाणगंगाका विद्यालय ६ दिन बन्द

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तु सहित तराई मधेशमा बढेको अत्याधिक गर्मीका कारण पठनपाठनमै समस्या भएपछि बाणगंगा नगरपालिका भित्रका विद्यालय बन्द भएका छन । नगरपालिकाले आज एक सुचना सार्वजनिक गर्दै गर्मीका कारण जनजीवन प्रभावित भएको र बालबालिकाहरुको स्वास्थ्यमा समेत असर पर्ने भएकाले आगामि २० गतेदेखि २५ गते सम्म नगर भित्रका सम्पुर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको […]

श्रृङ्गिघाट सामुदायिक वनको उत्कृष्ट कार्यः सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री

चेतन विष्ट, कपिलवस्तु । समाज रुपन्तरणमा महत्वपुर्ण भुमिका निर्वाह गरि चौतर्फी चर्चा कमाएको श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समिति कपिलवस्तुले पुन अर्को उत्कृष्ट कार्य गरेको छ । वनले बुधवार देखि सामुदायिक विद्यालयका गरिबी तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सुरु गरेको छ । वनको आर्थिक वर्ष २०८०÷८१ को वाषिर्क स्वीकृत कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरेको […]

कपिलवस्तु उद्योग ब्यापार संघले सुरु गर्यो ५ दिने बाटेको धुप बनाउने तालिम

जनहित अनलाइन, कपिलवस्तु । बाणगंगा नगरपालिकाका प्रमुख प्रशासयिक अधिकृत भक्तिराम मरासिनीले महिला सशक्तिकरणको महिलाहरुमा विभिन्न सिपको विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । सिपको माध्यम बाट आर्थिक उपार्जन गर्दै आत्मनिर्भर हुन सके मत्र महिलाहरु हरेक क्षेत्रमा माथि उठ्न सक्ने बताउनुभयो । बुधवार देखि कपिलवस्तु उद्योग ब्यापार संघले आयोजना गरेको ५ दिने बाटेको धुप बनाउने तालिमको […]

गणतन्त्र दिवसको अवसरमा फलफुल वितरण तथा रक्तदान

जनहित अनलाइन, कपिलवस्तु । गणतन्त्र दिवस २०८१ को अवसरमा कपिलवस्तु अस्पताल तौलिहवामा बिरामीहरुलाई फलफुल वितरण तथा रक्तदान कार्यक्रम गरिएको छ। नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखाको सहकार्य र कपिलवस्तु अस्पतालको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । सो अवसरमा १६ जनाले रक्तदान गरेको अस्पतालका मेसु डाक्टर बिपिन जैसवलाले बताए । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले ‘रक्तदान […]

लुम्बिनी प्रदेश: ३४ अर्बको बजेट ल्याउने तयारी

दाङ  । लुम्बिनी प्रदेश सरकार यतिबेला बजेट तथा नीति कार्यक्रमको तयारीमा जुटेको छ । यस बर्ष आफ्नो आन्तरिक स्रोत नभएको र संघबाट आउने अनुदान समेत घटेर आउने सकेत देखिएपछि प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट घटाएर ल्याउन लागेको जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यका अनुसार आर्थिक बर्ष २०८१/०८२ का लागि ३४ अर्बको हाराहारीमा […]

आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक

काठमाण्डाै । सरकारले आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज संयुक्त सदनको बैठकमा आउँदो वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गर्नुभएको हो । चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ अर्थात् ६१ दशमलव ३१ प्रतिशत बजेट […]

करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण तौलिहवामा कार्यरत एक कर्मचारीको मृत्यु

जनहित अनलाइन, कपिलवस्तु । करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तौलिहवामा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।जिल्लाको यशोधरा गाउँपालिका ६ रङपुरमा ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । सोमबार साँझ आएको रेमल चक्रवातको प्रभावको कारण बिग्रिएको ट्रान्सफर्मर बनाउने क्रममा साढे ८ बजेतिर यशोधरा गाउँपालिका २ गणेशपुरका ३२ वर्षीय हरिस चन्द्र […]

आज गणतन्त्र दिवस

काठमाण्डौ । आज गणतन्त्र दिवस मनाइँदैछ । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन आज दिवसका रूपमा मनाइन्छ । सरकारले यसअघि तीन दिन जेठ १४, १५ र १६ गतेसम्म दीपावलीसहितका कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेअनुसार कार्यक्रम भइरहेका छन् । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक […]

महाराजगञ्ज नगरपालिकामा ५० प्रतिशत अनुदानमा पम्पसेट

कपिलबस्तु, माघ ०२ । महाराजगञ्ज नगरपालिकाले अनुदानमा सिँचाइ सामग्री वितरण गर्ने भएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा सिँचाइ सामग्री वितरण गरिने जनाएको छ । आर्थिक वर्ष २०८०/०८१ को नगरपालिकाको कृषि विकास शाखाको स्वीकृत वार्षिक साना सिँचाइ कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण गरिने नगरपालिकाले जनाएको छ । कार्यक्रममा सहभागी हुन चाहने इच्छुक कृषक, फर्म, […]