वडावासी भन्छनः शितगंगा १४ नगरमै उत्कृष्ट
चेतन विष्ट, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १४ का स्थानीयहरुले वडालाई नगरमै उत्कृष्ट बनाएको भन्दै वडा अध्यक्ष सहित सिङ्ग वडा परिवारलाई धन्यवाद दिएका छन । आज वडामा भएका वार्षिक बजेट, वडा सभा एवं सुझब सङ्कलन कार्यक्रममा उनीहरुले धन्यवाद दिएका हुन । कार्यक्रममा बोल्दै नगरका पुर्व उपमेयर टिका रेस्मीले आफु उपमेयर हुँदा वडाको विकासको […]
मनसुन देशभर पुग्न अझै केही दिन लाग्ने भएकाले गर्मी कायमै रहने
काठमाण्डौ । कोशी प्रदेशबाट प्रवेश गरेको मौसमविदले बताएका छन् । काठमाण्डौसहित देशका धेरै ठाउँमा केही दिनयता गर्मी ह्वात्तै बढेको छ । मध्य र पश्चिम तराईमा अझ धेरै गर्मी छ । ती ठाउँमा तातो हावाको लहर अर्थात लू चलेकाले जनजीवन कष्टकर बनेको छ । पश्चिम तराईमा सबैजसो ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ […]
पाल्पामा भएको बोलेरो दुर्घटनामा तीन जनाको मृत्यु, दुई जना घाइते
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रुपन्देहीको बुटवल फर्कदै गरेको बोलेरो जीप बुधबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जीतगढी झर्ने ओरालोमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र दुई जना घाइते रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ […]
घरमै बसी वडा कार्यालयको सुबिधा लिन सकिने
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ का वडा कार्यालयले डिजिटल प्रविधिको कार्य सुरुवात गरेको छ । डिजिटल युगमा प्रविधिको सदुपयोग गर्ने योजनासहित कार्य सुरुवात गरेको हो । घरमै बसी वडा कार्यालयको सुबिधा लिन सक्ने वडा अध्यक्ष टेकलाल सापकोटाले बताए । उनले भने – “प्रविधिमा घर नम्बरसहित क्यूआर कोड राखीएको छ । जसले आम नागरिकले वडाको सेवा घरबाटै […]
दाङमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरु बेहोस
बुटवल । अत्यधिक गर्मीका कारण दाङको तुलसीपुर – ११ उरहरी स्थित अमर माविका विद्यार्थी बेहोस भएका छन् । गर्मीका कारण दिनहुुँ विद्यार्थीहरु बेहोस हुँदै आएको र अन्य दिनको तुलनामा आज बेहोस हुने विद्यार्थीको संख्या बढेको विद्यालयका प्रधानाध्यापक पदम ओलीले जानकारी दिएका छन। विद्यार्थी बेहोस भएपछि स्वास्थ्यकर्मीको टोली बोलाएर विद्यालयमै राखेर उपचार गरिरहेको उनले बताए । […]
प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने ठाउँ बन्योः गृहमन्त्री
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने स्थल बनेको समेत बताए । बुधवार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको बताए […]
राप्ती नदिमा डुबेर वृद्धको मृत्यु
बाँके । मङ्गलबार दिउँसोबाट हराइरहेका राप्तिसोनारि २ माथेबासका ७४ वर्षीय दलबहादुर खत्रीको पानीमा डुबेको अवस्थामा शव फेला परेको छ। बुधबार राप्तिसोनारि गाउँपालिका २ र ३ को सिमानाको जालीनजिकै डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मृतक खत्री राप्ति नदी तर्ने बेलामा बगाएको हुन सक्ने प्रहरीले जनाएको छ।
कुबेतको एक क्याम्पमा आगलागी, ४३ आप्रवासी श्रमिकको मृत्यु
काठमाडौँ । कुबेतको माङ्गाफस्थित एक लेवर क्याम्पमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ । घटनामा परी घाइते भएका ४८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुने कामदार कुन-कुन देशका हुन खुलेको छैन । उक्त क्याम्मा नेपालीहरू पनि बस्थे । उनीहरुको अवस्थाबारे यकिन विवरण भइनसकेको कुबेतस्थित नेपाली राजदूतावासले जनाएको छ । कुबेतको एनबीटीसी […]
सांसदलाई घुमारो शैलीमा बजेट दिदै लुम्बिनी सरकार
दाङ । लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षको लागि असार १ गते बजेट प्रस्तुत गर्दैछ। आउँदै गरेको बजेटमा लुम्बिनी प्रदेशसभा सदस्यलाई घुमारो शैलीमा बजेट दिनेगरी बजेटको सीमा तोकेर योजना टिपाउन भनिएको थियो। सो बमोजिम प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यले दुई करोड ७५ लाख र समानुपातिक सांसदले एक करोडको सीमामा रहेर बजेट टिपाएका छन्। चालु आर्थिक वर्षमा […]
अर्ग्यानिक उत्पादनकाे बजारीकरणका लागि पालिका र जनता एग्रो एन्ड फरेस्ट्रीबीच सम्झाैता
अर्घाखाँची । अर्घाखाँचीका सन्धिखर्क नगरपालिका र पाणिनि गाउँपालिकाले पालिकाको अर्ग्यानिक उत्पादन बिक्रीका लागि जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेड काठमाण्डाैसँग सम्झौता गरेका छन् । बिक्री सम्झौतासँगै किसानले उत्पादन गरेका अर्ग्यानिक वस्तुको बजारीकरणमा समस्या नहुने आशा बढेको छ । सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले कृषि उपज वस्तु कम्पनीले उचित मूल्यमा खरिद गर्ने जानकारी दिनुभयो । […]