सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिरहा । सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार सिरहाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका ७ कसहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतिर आउँदै गरेको प्र २–०३–००१ ख नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको स. ५ प १९९० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार […]

गर्मी बढीरहदा तराईका मुख्य सहरमा रगतको अभाव

काठमाडौँ, असार २ गते । तराईका मुख्य सहरमा रगतको अभाव देखिएको छ । गर्मी मौसममा बिरामीको सङ्ख्या वृद्धि भएसँगै तराईका जिल्लामा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीका अनुसार नेपालगन्ज, वीरगन्ज, भरतपुर, बुटवल, भैरहवा, विराटनगर, हेटौँडालगायत तराईका सहरमा रगतको अभाव देखिएको हो । तराईका कतिपय स्थानको तापक्रम ४४ डिग्रीभन्दा बढी भएको, गर्मीले अस्पतालमा बिरामीको सङ्ख्या बढेको, अत्यधिक गर्मीका […]

पेट्रोलमा प्रतिलिटर तीन र डिजेल तथा मट्टितेलमा एक रुपियाँ घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपियाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपियाँ घटाएको हो । निगम सञ्चालक समितिको आज बसेको बैठकको निर्णयअनुसार इन्धनको मूल्य घटाउने निर्णय भएको हो । निगमले घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने जनाएको छ । मूल्य घटेसँगै पेट्रोलको मूल्य […]

नगर प्रमुख नपुगेको बाणगंगा भित्र कुनै विद्यालय छैन: मेयर अर्याल

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगर भित्रका हरेक विद्यालयमा आफु कयौँ पटक पुगेको दाबी गर्नुभएको छ । शनिवार नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बाणगङ्गाको आयोजनामा भएको शिक्षकहरु सङ्ग नगर प्रमुख कार्यक्रममा सहभागि शिक्षकहरुको गुनासोहरुको सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । शिक्षाको गुणस्तर वृद्धि गर्न नगरपालिकाले भौतिक संरचनाको कामलाई हरेक विद्यालयमा करिब […]

लुम्बिनी सरकारद्वारा ३८ अर्ब ९५ करोड ९५ लाख बढीको बजेट सार्वजनिक

बुटवल, १ असार । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१।८२ को लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयांको वजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबारको प्रदेश सभा वैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् । कृषि, स्वास्थ्य, पर्यटन र पुर्वाधारका अधिकांश पुराना र अधुरा […]

लुम्बिनी प्रदेश मानव सूचकांकमा देशकै कमजोर

लमही। लुम्बिनी प्रदेश मानव सूचकांकमा देशकै कमजोर अवस्थामा रहेको देखिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको तथ्यांकले यस्तो देखाएको छ । निर्देशनालयका सहाय निर्देशक मान बहादुर वलिले लुम्बिनीमा मानव सूचाकांक अन्य प्रदेशमा भन्दा कमजोर रहेको बताए । उनका अनुसार लुम्बिनी प्रदेशमा प्रत्येक २ बालबालिका मध्ये १ मा रक्त अल्पता देखिएका थिए । लुम्बिनी प्रदेशमा कुल जनसंख्याको ३१ […]

यी हुन शितगंगा १३ को वडा भेलाले गरेका ५ महत्वपुर्ण निर्णय

चेतन विष्ट, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ ले ५ महत्वपुर्ण निर्णय गर्दै वार्षिक समिक्षा, आगामि आर्थिक वर्षको बजेट निर्माणका लागि सुझाव सङ्कल तथा वडा भेला सम्पन्न गरेको छ । शुक्रबार वडाको सभाहलमा भएको कार्यक्रममा उक्त निर्णय गरिएको वडा अध्यक्ष दुर्गा बहादुर वि.सी. ले जनहित अनलाइन सङ्ग बताउनुभयो । वडा सभाले बसाइँ–सराइ न्युनिकरणको […]

‘गाउँ आएको बाटो’ दोस्रो साता लाग्दा ‘लण्डन टु पेरिस’ एक सातामै हलबाट हट्यो

काठमाडौं । साम्राज्ञी शाहको शीर्ष भूमिका रहेको फिल्म ‘लण्डन टु पेरिस’ एक सातामै हलबाट हटेको छ । कमजोर व्यापारपछि मल्टिप्लेक्स चेनहरुले दोस्रो शुक्रबारदेखि फिल्मको शो हटाएका छन् । सन्तोषजनक शो पाएको फिल्मले दर्शकलाई हलसम्म तान्न सकेन । साम्राज्ञीको फिल्म करिअरमा ‘ह्यारीकी प्यारी’पछि ‘लण्डन टु पेरिस’को यो नतिजा स्तब्ध पार्ने अर्को घटना हो । कम्तीमा उनको […]

गण्डकी प्रदेशका मन्त्री देवकोटा नियुक्त भएको तीन दिनमै पदमुक्त

लेखनाथ, जेठ ३२ गते । गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री फणीन्द्र देवकोटा मन्त्री नियुक्त भएको तीन दिनमै पदमुक्त हुनुभएको छ । नेकपा (माओवादी) केन्द्र संसदीय दलले देवकोटालाई कारवाही गरेको पत्र शुक्रबारको प्रदेश सभाको बैठकमा सभामुख कृष्ण धितालले पढेर सुनाउनु भएपछि उहाँ पदमुक्त हुनुभएको हो । माओवादी केन्द्रको संसदीय दलले देवकोटालाई निष्काशन गरिएको पत्र प्रदेशसभा सचिवालयमा […]

लुम्बिनीका मुख्यमन्त्री र संयुक्त राष्ट्रसंघका प्रतिनिधिबीच भेटवार्ता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा र संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हान्ना सिंगर हेम्डीबीच भेटवार्ता भएको छ ।मुख्यमन्त्री कार्यालय दाङ देउखुरीमा भएको भेटवार्तामा मुख्यमन्त्री महराले संयुक्त राष्ट्रसंघले नेपालमा गरेका कार्यक्रमहरू प्रशंसनीय रहेको बताए । नेपालको शान्ति प्रकृयामा अनमिनले महत्वपूर्ण भूमिका खेलेको भन्दै महराले दिगो विकासमा संयुक्त राष्ट्रसंघले गरेका कार्यक्रमहरू सन्तोषजनक रहेको जानकारी बताएका थिए […]