अविवाहितलाई निर्वाह भत्ता

तम्घास । गुल्मी दरबार गाउँपालिकाले पालिकाभित्रका ३४ जना अविवाहित महिला र पुरुषलाई निर्वाह भत्ता प्रदान गरेको छ । पालिकाको नीति तथा कार्यक्रम अनुसार चालु आर्थिक वर्षमा ४० वर्ष उमेर कटेका महिला र ४५ वर्ष उमेर कटेका अविवाहित पुरुषलाई मासिक एक हजार रुपियाँका दरले निर्वाह भत्ता प्रदान गरेको सूचना अधिकारी नवराज घिमिरेले जानकारी दिनुभयो । निर्वाह भत्ता प्राप्त गर्नेमा […]

अतिक्रमित क्षेत्रको सिमाना छुट्ट्याउँदै मायादेवी साझेदारी वन

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको सबैभन्दा बढी अतिक्रमणमा परेको मायादेवी साझेदारी वनले अतिक्रमित क्षेत्रको सिमाना छुट्ट्याउन सुरु गरेको छ । आज बुधवार बाणगंगा नगरपालिका वडा नम्बर १० मा मा पर्ने दानापुर क्षेत्रमा वन अतिक्रमण गरि बनाइएको खेतमा स्काभेटर प्रयोग गरेर सिमाना छुट्ट्याउन सुरु गरिएको हो । डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुबेदीको नेतृत्वमा नेपाल […]

कपिलवस्तुको शिवराजमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कपिलवस्तु, असार १९ गते । कपिलवस्तुको शिवराज–९ बानियाभारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुधबार बिहान ११ः४० बजे बनकट्टाबाट रमवादह जाँदै गरेको लु ४३ प ७१२९ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा सवारी चालकको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ […]

उद्योग व्यापार संघ कपिलवस्तुको ५ वर्षे कार्ययोजना सार्वजनिक

चेतन विष्ट, कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तुले ५ वर्षे कार्ययोजना सार्वजनिक गरेको छ । दोस्रो स्थापना दिवसको अवसरमा आयोजित रणनैतक योजना तर्जुमा कार्यशाला तथा प्रशिक्षण कार्यक्रममा महत्वपुर्ण निर्णय सहित ५ वर्षे कार्ययोजना सार्वजनिक गरिएको हो । कार्यक्रम अर्घाखाँचीको नरपानी स्थित देउराली क्याम्प फायर एण्ड रिसोर्टमा सम्पन्न भएको हो । संघका अध्यक्ष खिमान्नद पौडेल (कोपिलले) […]

कपिलवस्तु बाट ‘एक्स्ट्रा टाइट’ सरफको उत्पादन सुरु

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुमा ‘एक्स्ट्रा टाइट’ ब्राण्डमा सरफ उत्पादन सुरु भएको छ । साफिक एरियल उद्योग बाट उक्त ब्रण्डमा सरफ उत्पादन गरिएको सञ्चालन कलामुदिन मुसलवानले बताउनुभयो । उद्योग ब्यापार संघ कपिलवस्तुको दोस्रो स्थापना दिवसको अवसरमा अर्घाखाँचीको नरपानीमा आयोजित रणनैतक योजना तर्जुमा कार्यशाला तथा प्रशिक्षण कार्यक्रममा उक्त सरफको लञ्च गरिएको हो । स्थानीय स्तरको सामाग्रिबाट […]

एसईईमा नवलपुरका १२ वटा विद्यालयको नजिता ‘शून्य’

नवलपरासी ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का १२ वटा विद्यालयको नजिता ‘शून्य’ आएको छ । वि.सं २०८० को एसइईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये एउटा प्रविधिकसहित नौवटा सामुदायिक विद्यालय र तीन वटा संस्थागत विद्यालयको नतिजा शून्य आएको हो । जिल्लाबाट सहभागी भएका प्रविधिक धारतर्फका आठवटा सामुदायिक विद्यालयमध्ये दुईवटा विद्यालयले सतप्रतिशत नतिजा […]

रास्वपाको बैठकमा महामन्त्री ढकाल मुखमा कालो टेप टाँसेर उपस्थित

काठमाण्डौ ।  केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रशारण नगरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले विरोध जनाउनुभएको छ । आज बिहान पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको बैठकको प्रत्यक्ष प्रशारण गर्न माग गर्नुभएका महामन्त्री ढकालको प्रस्तावलाई पार्टी सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि विरोध जनाउनुभएको हो । उहाँले मुखमा कालो टेप टाँसेर साङ्केतिक विरोध जनाउनुभएको छ […]

अनेरास्ववियु बाणगंगाद्वारा एस.ई.ई. मा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

जनहित अनलाइन, कपिलवस्तु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाणगंगा नगर कमिटीले बाणगंगा नगर भित्रका विद्यालय बाट २०८० सालको माध्यमिक तहको परिक्षा एस.ई.ई.मा सहभागी भइ सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यार्थीहरुको हौसला बढाउनको लागि सधाका वर्षहरु जस्तै यस वर्ष पनि विद्यार्थीहरुलाई सम्मान गरेको नगर कमिटि अध्यक्ष प्रभावकर वि.सी. ले बताउनुभयो […]

कपिलवस्तुमा कुपोषणको समस्या घट्न सकेन

कपिलवस्तु ।  कुपोषण न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि कुपोषित बालबालिकाका भने घट्न सकेका छैनन् । जिल्लामा सुआहारा कार्यक्रम अन्तर्गत सबै स्थानीय तहमा र स्वास्थ्य कार्यालयको आयोजनामा एकीकृत पोषण कार्यक्रम संचालन गरिए पनि कुपोषणको दर घट्न सकेको छैन । अहिले कुपोषण बालबालिकाको प्रमुख समस्या रूपमा देखा परेको सरोकारवाला बताउँछन् । कालिका स्वावलम्बन सामाजिक केन्द्रले […]

बाणगंगा स्टार्स स्पोर्टस क्लबद्वारा वृक्षरोपण

कपिलवस्तु । बाणगंगा नगरपालिकामा रहेको बाणगंगा स्पोर्टस क्लबले बृहत् रूपमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। उक्त क्लबले नेपाली क्रिकेट टीमको प्रशंसनीय खेलका लागि गरेको प्रतिबद्धता अनुसार आयोजित बृक्षारोपण कार्यक्रम गरेको हो। बाणगंगा स्टार्स स्पोर्ट्स क्लबका अध्यक्ष मनिष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बाणगंगा नगरपालिका वार्ड नं १ का वडा अध्यक्ष सञ्जु कुमार सारू मगर त्यसैगरी […]