‘भनम कसलाई खै’  बोलको तिज गित सार्वजनिक

काठमाण्डौ, भदौ ४। गायिका शान्ति श्री परियारको आवाजमा मौलिकपन भरिएको तिज गित भनम कसलाई खै बोलको तिज गित बजारमा आएको छ । वास्तविक तिजको भाव दर्शाउने , सुनौ सुनौ र नाचौ नाचौ लाग्ने तिज गित कलाकार रोशन क्षेत्रीको युटुव च्यानलबाट सार्वजानिक भएको छ । यता शान्ति श्री परियाले यसपालि गाएका तिजका गितलाई केही दर्शक श्रोताले […]

उपचारमा बिरामीको मृत्यु स् दोषी चिकित्सकलाई कारबाही गर्न माग

चितवन। भरतपुर अस्पतालमा उपचाररत महिलाको मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै छानविन गर्न माग गरेका छन् । भरतपुर महानगरपालिका वडा नं।१२ मुनालचोकमा बस्दै आउनु भएको ३९ वर्षीया सम्झना काफ्लेको पाठेघरमा मासु पलाएपछि शल्यक्रियाका लागि मङ्गलबार भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रियाका लागि तयारी गर्न लठ्याउने सुइ ९एनेस्थेसिया० लगाइएको थियो । लठ्याउने सुइ […]

दाङमा इनार सफा गर्दा दुई जनाको मृत्यु

दाङ । दाङको तुलसीपुरमा इनार सफा गर्दै गरेका दुई जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए। थापाका अनुसार स्थानीय दुर्गा विकको इनार सफा गर्न भनेर उनीहरू बुधबार बिहान १० बजेतिर इनारमा पसेका […]

पहिरोले गोठ पुरिँदा अर्घाखाँचीको शितगङ्गामा एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाको भंङ्गलामा पहिरोले गोठ पुरिँदा गोठमा रहेका एक स्थानीयको मृत्यु भएको छ। मंगलबार बिहान परेको अविरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर-१३, सिमलपानीको भंङ्गलामा गोठमाथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ। पहिरो खस्न थालेपछि पशुचौपाया फुकाउन गोठमा पसेका थापालाई पहिरोले च्याप्दा घटनास्थलमै थापाको […]

लुम्बिनी कृषि कम्पनी सहित चारनम्बरका अधिकांश व्यवसाय डुबानमा, लाखौंको क्षति

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको चारनम्बरमा रहेको लुम्बिनी कृषि कम्पनीको कार्यालयमा डुबान हुँदा अन्दाजी २५ लाखको क्षति भएको छ । अविरल वर्षाका कारण उक्त क्षेत्रमा डुबान हुदा विभिन्न सामाग्री सहित महत्वपूर्ण कागजपत्र नष्ट भएको प्रालिका सञ्चालक कैलास चौधरीले जनहित अनलाइन सङ्ग बताउनुभयो । बाणगङ्गाका अधिकांश स्थानहरु अहिले डुबानमा परेका छन । अव्यवस्थित बसोवास र अव्यवस्थित […]

नेपाली खाना र पौष्टिकता

काठमाडौँ। आज जनै पूर्णिमा धेरैले यसलाई ‘क्वाँटी’ पर्वका रूपमा चिन्छन्। परापूर्व कालदेखि नै आजको दिन विभिन्न प्रकारका पौष्टिक गेडागुडी भिजाएर उम्रिएपछि त्यसलाई राम्ररी पखालेर पकाएर खाने चलन छ। समुदाय अनुसार यसको नाम फरक होला तर पौष्टिक आहारका लागि यसलाई आधुनिक विज्ञानका चिकित्सकले सबैभन्दा राम्रो मानेका छन्। आधुनिकतासँगै आजको समाज रेष्टुरेन्ट संस्कारमा रुमलिएको छ। तर विज्ञ […]

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भोलि विश्वासको मत लिने, ७ पार्टीले विश्वासको मत दिने

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वास मत लिने भएका छन्। मंगलबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वास मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। उक्त प्रस्तावमाथि दलीय आधारमा प्रतिनिधिहरूले पक्ष वा विपक्षमा धारणा व्यक्त गर्नेछन्। त्यसपछि उक्त प्रस्तावमाथि मत विभाजन गरिनेछ। नेकपा (एमाले) का सांसद आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। गत साउन […]

भारतले नेपालबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने

काठमाण्डौ । भारतले नेपालबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारतले थप १२ वटा जलविद्युत् परियोजनाबाट २ सय ५१ मेगावाट बिजुली आयातको प्रस्ताव स्वीकृत गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यस्तै नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत बिजुली निर्यात गर्ने भएको छ । यसअघि भारतले ६ सय […]

चितवनमा मोटरसाइकल दुर्घटनामा प्रहरी वरिष्ठ हवल्दारको ज्यान गयो

काठमाण्डौ । चितवनमा भएको मोटरसाइकल दुर्घटनामा एक जना प्रहरी वरिष्ठ हवल्दारको ज्यान गएको छ । खैरहनी नगरपालिका वडा नम्बर ८ मा मोटरसाइकल दुर्घटना हुँदा लमजुङको राइनस नगरपालिका–६ धमेलीकुवा घर भएका ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठको ज्यान गएको हो । श्रेष्ठ इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत हुनुहुन्थ्यो । –उज्यालो खबर

भूकम्प पीडितको अस्थायी टहरामा पहिरो, एकै परिवारका ३ जनाको मृत्यु

सुर्खेत ।  जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँमा भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३५ वर्षीया मनिसा विक र उनीहरुका दुई वर्षीय छोरा शुभम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता दिनेश तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार […]