विश्वकप लिग-२ : नेपालले स्कटल्यान्डलाई ५ विकेटले हरायो

काठमाडौँ । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत मंगलबार स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्यान्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटिएको थियो । स्कटल्यान्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल कामी, […]

साफ महिला च्याम्पियनशिप : उपाधिका लागि नेपाल र बङ्गलादेश खेल्दै

काठमाण्डौ । साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरू हुनेछ । नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टिमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका हुन् । नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई […]

आज काग तिहार मनाइँदै

काठमाण्डौ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज यो पर्व मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । कागलाई सन्देशवाहकका रुपमा लिइन्छ । यस अवसरमा काठमाण्डौको कागेश्वरी मनोहरा […]

कपिलवस्तुमा ठगी मुद्धाका फरार प्रतिबादी पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा ठगी मुद्धाका फरार प्रतिबादी पक्राउ परेका छन् । जिल्लाको शुद्धोधन गाँउपालिका ३ निवासी ३९ वर्षका मो. महमुद आलम लाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको हो । उनलाई जिल्ला अदालतले २०८० कार्तिक ६ गतेको फैसला अनुसार ठगी मुद्धामा ११ महिना ९ दिन कैद तोकेको थियो । अदालतको फैसला पछि फरार रहेका उनलाई इलाका […]

कपिलवस्तुको बुद्धभूमिमा स्कुल बस र मोटरसाइकल ठोकिदाँ दुई युवाको ज्यान गयो

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर २ पुरेनामा मङ्गलवार दिउसो १२ः४० मा भएको दुर्घटनामा सोही नगरपालिका वडा नम्बर ३ घन्चौराका पवन थापा र वडा नम्बर ४ बुड्ढीका मनिस थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक बिर बहादुर सुनारले बताउनु भयो […]

सल्यानमा भएको मिनी ट्रक दुर्घटनामा मृतकको सङ्ख्या चार पुग्यो

सल्यान ।  यहाँ भएको  मिनी ट्रक दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ ।  कपुर कोटको सिनबाङमा सोमबार भएको ट्रक दुर्घटनाका घाइते चालक २६ वर्षीय मान बहादुर भण्डारीको पनि मृत्यु भएको हो । दुर्घटना पछि गम्भीर घाइते उनलाई कपुर कोट आधारभूत अस्पतालबाट तत्काल रिफर गरिए पनि दाङ तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । […]

जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन गरिएको छ । लुम्बिनी प्रदेशको दाङ देउखुरीमा सम्पन्न विस्तारित बैठकबाट प्रदेश समितिको उपाध्यक्षमा बाबु खाँ पठान, सचिवहरू शिवपुजन यादव, सुशीला पौडेल शर्मा, शिवकुमार चौधरी र कोषाध्यक्षमा विद्या प्रसाद यादवलाई चयन गरिएको हो । त्यस्तै समितिको कार्यकारिणी समितिको सदस्यमा निरू गैरै, गौतम […]

कपिलवस्तुमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बुद्धभुमि नगरपालिका–६ महुवाका ३० वर्षीय रामप्रसाद कोरी रहेको प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले बताउनुभयो । कोरीलाई बुद्धभुमि नगरपालिका ६ महुवाबाट पक्राउ गरिएको उहाँले बताउनुभयो ।  कर्तव्य ज्यान मुद्दाका कोरीलाई कपिलवस्तु जिल्ला अदालतले २०८० जेठ १ […]

सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ पुग्यो

अर्घाखाँची ।  अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुगेको छ । सन्धिखर्क नगरपालिका–१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाउनुभएको थियो ।  प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको सङ्ख्या ३५ पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताउनुभयो । आज बिहान थप सात जना उपचारका […]

सन्धिखर्कमा देउरालीको प्रसाद खाएका २५ जना बिरामी

अर्घाखाँची । सन्धिखर्कमा देउरालीको प्रसाद खाएका २५ जना बिरामी परेका छन्। सन्धिखर्क नगरपालिका(१ तारामार्गका दीपक केसीको हिजो देउराली पूजाको प्रसाद खाएका २५ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए। बिरामीहरूमा झाडापखाला, बान्ता ,ज्वरो, शरीर दुख्ने लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए। उनीहरू सबैको अबस्था सामान्य रहेको छ। […]