कपिलवस्तुको बाणगङ्गामा बेवारिसे शव फेला

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा एक बेवारिसे शव फेला परेको छ । आज बिहिवार बाणगङ्गा १ बैरिया स्थित बुद्धचोकको प्रतिक्षालयमा अन्दाजी ४०/४५ उमेरको पुरुषको शव फेला परेको हो । पहिचान नखुलेको उक्त पुरुष तराई मधेस मुलको जस्तो देखिने इलाका प्रहरी कार्यालय पिपराले जनहित अनलाइन सङ्ग बताएको छ । बिहिवार बिहान करिब ७:४५ तिर प्रतिक्षालयमा […]
बाँकेमा ६ महिनामा ५० वटा सवारी साधन चोरी

नेपालगन्ज। बाँके जिल्लाभरबाट चालु आर्थिक वर्षको ६ महिनामा ५० वटा सवारी साधन चोरी भएका छन्। आर्थिक वर्ष २०८१–०८२ को साउन महिनादेखि हालसम्म जिल्लामा मात्रै ५० वटा सवारी साधन चोरी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले बाँकेले दिएको विवरण अनुसार २०८१ साउन ३ गतेदेखि २०८१ पुस २९ गतेसम्मको अवधिमा कार, मोटरसाइकल, स्कुटर र […]
रुपन्देहीका ६ वटा क्यासिनो अनुसन्धान दायरमा

भैरहवा । नियम विपरीत क्यासिनो सञ्चालन गरेको र सञ्चालकले अकुत सम्पत्ति आर्जन गरेको विषयबारेमा रुपन्देहीमा सञ्चालित ६ वटा मिनी क्यासिनोमाथि अनुसन्धान सुरु भएको छ । अनुसन्धानमा परेका क्यासिनोमा भैरहवास्थित होटल लाकौलमा सञ्चालित ह्याप्पी आवर ग्यामिङ क्लव, नान्स होटलमा सञ्चालित प्याराडाइज, निर्वाणामा सञ्चालित गोल्डेन स्टार, मौर्य होटलमा सञ्चालित ग्याबलिङ ग्यालेक्सी, एसियन बुद्ध होटलमा सञ्चालित एलिगेन्ट इन्टरटेनमेन्ट […]
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक १५ वर्षमा १८ किलोमिटर मात्र पिच

बुटवल । २०६६ सालबाट सुरु भएको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । रुपन्देहीको सालझन्डीबाट बागलुङको ढोरपाटनसम्म जोड्ने उद्देश्यले अघि बढाइएको यो योजना अन्तर्गत १५ वर्षमा १८ किलोमिटर पिच भएको छ । कुल १९७ किलोमिटर लम्बाइको सडकमध्ये हालसम्म १८ किलोमिटर पिच भएको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक परियोजना कार्यालयले जनाएको छ । यो सडकको १५ […]
नेपाली चलचित्र क्षेत्र दिन प्रतिदिन व्यापक हुँदै गएको छ : टेकेन्द्रजंग शाही

दैलेख मालिका-५ मा जन्मिनुभएका टेकेन्द्रजंग शाही पेशाले इलेक्ट्रिकमा सब इञ्जिनियर हुनुहुन्छ । कोहलपुर-११ स्थायी घर हुनुभएका टेकेन्द्र सब इञ्जिनियर भए पनि उहाँको रुचि भनेको सामाजिक कार्य र कला क्षेत्रमा रहेको छ । काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन पस्किरहनुभएका उहाँले निम्न माध्यमिकसम्म दैलेखमा नै त्यसपछि उच्च शिक्षासम्म कोहलपुर र इलेक्ट्रिकमा ओभरसियर भेरी प्राविधिक शिक्षालय नेपालगञ्जबाट गर्नुभएको […]
आज शहीद दिवस मनाइँदै : शहीदका सपना पूरा हुन नसकेको गुनासो

काठमाण्डौ । प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना अनि विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन अर्पण गरेका शहीदको सम्झनामा आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । २००७ सालपछि हरेक वर्ष माघ १६ गतेलाई शहीद दिवसका रुपमा मनाउने गरिएको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै […]
द्वन्द्वका घाउ मेटाउने गरी परिपूरणका योजना ल्याउँछौँ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले द्वन्द्वको घाउ सधैँका लागि मेटाउने गरी परिपूरणलगायतका कामलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । अमर प्रहरी परिवार र असक्त प्रहरी संघ लुम्बिनी प्रदेश समितिसँगको छलफलमा सोमबार मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले द्वन्द्वपीडितको उपचार र उद्यमशीलतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने बताए । ‘द्वन्द्व घाउ सधैँका लागि मेटाउने गरी […]
हिलबर्ट बोर्डिङ्ग स्कुलमा खेल सप्ताहको उद्घाटन, एक सातासम्म खेलकुद सञ्चालन गर्ने

कपिलवस्तु,। हरेक बर्ष जस्तै यस बर्ष पनि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ पिपरामा रहेको हिलबर्ट ईङ्गलीस बोर्डिङ्ग स्कुलले तामझामका साथ सोमबार खेल सप्ताह सुरु गरेको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने मुल नाराका साथ सुरु भएको खेल सप्ताहको उद्घाटन बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले गर्नुभएको हो । कार्यक्रको उद्घाटन गर्दै नगर प्रमुख […]
१४ लाख चोरी गर्ने दुई जना पक्राउ

पोखरा, । पोखरामा १४ लाख नगद चोरी गरेर फरार रहेका दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रुपन्देही देवदह नगरपलका वडा नं. १० घर भएका वर्ष २२ का ईश्वर श्रेष्ठ र स्याङ्जा भीरकोट नगरपालिका वडा नं. ३ घर भएकी वर्ष २९ की पुजा श्रेष्ठलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको सहयोगमा […]
कपिलवस्तुमा कुष्ठरोग निवारण चुनौतीपूर्ण बन्दै

कपिलवस्तु | कपिलवस्तुमा कुष्ठरोग निवारण चुनौतीपूर्ण बन्दै गएको छ। चालु आर्थिक वर्ष २०८१र८२ को साउनदेखि पुससम्मको छ महिनामा मात्रै ५५ नयाँ कुष्ठ रोगी फेला परेका छन्। जिल्ला स्वास्थ्य कार्यालयले ७२औँ कुष्ठरोग दिवसका अवसरमा तौलिहवामा पत्रकार सम्मेलन गरी यो तथ्यांक सार्वजनिक गरेको हो। स्वास्थ्य कार्यालयका वरिष्ठ क्षय–कुष्ठ अधिकृत मोहम्मद ईरफानले १२ वर्षअघि जिल्लाबाट कुष्ठरोग निवारण भएको घोषणा […]