ब्राइट लुम्बिनीः विद्यार्थीहरुबिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–४, जितपुरमा अवस्थित ब्राइट लुम्बिनी इन्टरनेश्नल एजुकेशन प्रालिले जापानिज भाषा अध्ययनरत विद्यार्थीहरूका बीच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। विद्यार्थीहरूको भाषिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित शुक्रबार आयोजित उक्त प्रतियोगिता शैक्षिक वातावरणमा उत्साहपूर्ण रूपमा सम्पन्न भएको हो। संस्थामा जापानिज भाषा अध्ययन गरिरहेका विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई अझ प्रभावकारी, व्यवहारिक र प्रतिस्पर्धात्मक बनाउने लक्ष्यका साथ कार्यक्रम […]

कपिलवस्तुमा राप्रपाको संगठन विस्तार तीब्र : रेनु सेनसहित दर्जनौँ नेता–कार्यकर्ता राप्रपामा प्रवेश

कपिलवस्तु । फागुन २१ गते हुने आमनिर्वाचन नजिकिँदै जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले कपिलवस्तु जिल्लामा आफ्ना राजनीतिक गतिविधिहरू तीव्र पारेको छ। पार्टीले वडा, नगरदेखि जिल्ला तहसम्मका अधिवेशन, संगठन सुदृढीकरण तथा पार्टी प्रवेश कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर अभियान अघि बढाएको हो। यसैक्रममा विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी महिला नेतृ रेनु सेन राप्रपामा प्रवेश […]

राप्रपा कपिलवस्तुको अध्यक्षमा सिंह पुनः निर्वाचित

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुको जिल्ला अधिवेशनबाट नारायण बहादुर सिंह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। आज बुधबार सदरमुकाम तौलिहवामा सम्पन्न अधिवेशनले सिंहको नेतृत्वमा २८ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। निर्वाचन समितिका संयोजक प्रभु मिश्रालदेवले अधिवेशनबाट सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएको जानकारी दिए। उनका अनुसार निर्वाचित कार्यसमितिको सपथग्रहण […]

शिवराज नगरपालिकाः नीति, बजेट र कानुनी संरचनालाई प्रभावकारी बनाउने

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकाले स्थानीय सरकारको नीति, बजेट र कानुनी संरचनालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ । कार्यलाई प्रभावकारी बनाउ नगरको १८औँ हिउँदे नगरसभाबाट विधेयक संशोधन प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गर्दै प्रभावकारी बनाउने भएको हो । नगरसभाले आर्थिक तथा प्रशासनिक व्यवस्थालाई सुदृढ बनाउने प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ । चालू आर्थिक वर्षका कार्यक्रमहरूलाई […]

विजयनगर गाउँपालिकाः सेवाग्राहीका गुनासो सुन्न निःशुल्क टोल–फ्री नम्बर

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले सेवाग्राहीका गुनासो, सुझाव तथा सार्वजनिक सेवा सम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न निःशुल्क टोल–फ्री नम्बर सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको नियमित, आकस्मिक सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाका अनुसार कार्यालयसँग सम्बन्धित सेवा, विकास निर्माण, सरसफाइ, […]

सामाजिक सञ्जालको साँचो विदेशमा, दुरुपयोग रोक्न टाउको दुखाइ

काठमाडौं । निर्वाचन आयोगले माघको पहिलो सातादेखि निर्वाचन आचारसंहिता लागू गर्दैछ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मर्यादित बनाउन आयोगले स्वीकृत गरिसकेको आचारसंहिता अर्को सातादेखि लागू गर्ने तयारी भइरहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । तर, निर्वाचन आचारसंहिता कार्यान्वयन भने सहज छैन । सामाजिक सञ्जालको बढ्दो दुरुपयोग रोक्न निर्वाचन आयोगको लागि मुख्य चुनौती देखिएको छ । […]

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरुको मनोनयन हुँदैछ । आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । निर्वाचन आयोगले फागुनबाट रिक्त हुने १८ सदस्यका लागि माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन कार्यतालिका बनाएको हो। आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा […]

पत्रकारमाथि धम्की भएको भन्दै सामुदायिक रेडियो प्रसारक संघ र प्रेस युनियन कपिलवस्तुद्वारा विज्ञप्ति

कपिलवस्तु । समाचार प्रशारणको क्रममा सामुदायिक रेडियो प्रसारक संघ, लुम्बिनी प्रदेशका सचिव गणेश पोखरेललाई सामाजिक सञ्जालमार्फत गालीगलौज गर्दै भौतिक आक्रमणको धम्की दिइएको भन्दै सो घटनाप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले जारी गरेको प्रेस विज्ञप्तिमा कुनै पनि समाचारप्रति गुनासो भएमा त्यसको समाधान कानुनी वा प्रचलित विधिअनुसार खोजिनुपर्ने उल्लेख गर्दै पत्रकारलाई धम्क्याउने कार्य अत्यन्त निन्दनीय […]

यशोधरा गाउँपालिकामा नागरिक सुनुवाइ सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ७ मर्यादपुरमा स्थानीयवासी नागरिकहरूको गुनासो, पिरमर्का, राय तथा सुझाव प्रत्यक्ष रूपमा ग्रहण गर्ने उद्देश्यले नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पन्न उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो । कार्यक्रम स्थानीय तहमा शान्ति सुरक्षा, अपराध […]

कृष्णनगर नगरपालिकाद्वारा प्रहरी कार्यालयलाई ३ एसी र ३ पानी फिल्टर सहयोग

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका तथा नगरपालिकाका दुई ओटा वडाले इलाका प्रहरी कार्यालय कृष्णनगरलाई ३ थान एसी र ३ थान पानी फिल्टर सहयोग गरेका छन् । ३ लाख ६ हजार बराबरको साे सामग्री प्रदान गरिएको जनाइएको छ । कृष्णनगर नगरपालिकाले १ टन क्षमताका २ ओटा एसी उपलब्ध गराएको छ भने वडा नम्बर १२ काे […]