तीन महिनाको मौसम पूर्वानुमान यो वर्ष धेरै चिसो नहुने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाईन कपिलवस्तु । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यो वर्ष हिउँदमा सरदरभन्दा चिसो कम हुने पूर्वानुमान गरेको छ।

मौसमविद् सञ्जिव अधिकारीले तीन महिनाको हावापानीबारे जानकारी दिनुहुँदै यो वर्ष अघिल्लो वर्षभन्दा धेरै चिसो नहुने पूर्वानुमान गरिएको बताउनुभएको हो।

मौसमविद् अधिकारीले भन्नुभयो, “यो हिउँदमा सरदरभन्दा चिसो कम हुने अनुमान गरिएको छ। तीन महिनाको समग्र हावापानीको कुरा गर्नुपर्दा औसतभन्दा अलिकति कम चिसो हुने पूर्वानुमान छ।”

बुधबार जुम्लाको तापक्रम माइनस ५ डिग्री सेल्सियसमा झरेको छ। काठमाडौं उपत्यकामा पुस ४ गतेसम्म न्युनतम तापक्रम दुई डिग्री सेल्सियसम्म मात्र पुगेको छ।

बिहीबार बिहान लुम्बिनी, मधेश र कोशीमा हुस्सु लागेको अवस्था थियो। तर, दिउँसो हुस्सु तथा कुहिरो हटेर दैनिकी सहज बनेको छ।

उहाँले आगामी तीन दिनमा ठूलो मौसमी परिवर्तन हुने सम्भावना नदेखिएको बताउनुभयो। शुक्रबार छिटफुट हिमपातको सम्भावना रहेपनि मौसममा ठूलो किसिमको परिवर्तन नहुने उहाँको भनाइ छ।

उहाँका अनुसार हिउँदयाममा धेरै हिउँ पर्नुपर्ने भए पनि यो वर्ष पश्चिमी वायुको प्रभाव बढी हुँदा चिसो कम हुने देखिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *