१३ औं कपिलवस्तु डान्स आइडलको उपाधि प्रिन्सा हमाललाई

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, बाणगङ्गा  । १३औं कपिलवस्तु डान्स आइडलको उपाधि प्रिन्सा हमालले पाएकि छन् । हमालले आज भएको ग्राण्ड फिनालेमा ३ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । यो संगै उनले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित चाँदीको ट्रफी प्राप्त गरेकी छन् ।


यस्तै उपविजेता बनेकी प्रतिज्ञा गिरीले नगद ७७ हजार ७७७ रुपैयासहित ट्रफी र विभिन्न गिप्ट ह्याम्परहरु प्राप्त गरेकी छन् ।


यसैगरीे पवित्रा कुमारी छहारी मगर तृतिय भएकी छन् उनले नगद ५५ हजार ५५५ रुपैया सहित विभिन्न गिप्ट ह्याम्परहरु प्राप्त गरेकी छन् ।

यस्तै निलम पौडेलले चौथो हुँदा २५ हजार ५२५ रुपैयाँसहित प्राप्त गरिन् ।
मंगलबार ग्राण्ड फिनालेमा उपाधिका लागि ४ प्रतिस्पर्धी थिए ।

१३औं कपिलवस्तु डान्स आइडल अन्तर्गत १५ जना प्रतिस्पर्धी स्टेज चडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *