शुद्धोधन १ मा राप्रपाको चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । नजिकिदै गरेको निर्वाचनलाई लक्षित गरि कपिलवस्तुको शुद्धोधनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । शनिवार एक कार्यक्रमका बिच पार्टी उपाध्यक्ष तथा पुर्व कानुन मन्त्री ध्रुव बहादुर प्रधानले शुद्धोधनको सोहसामा सञ्चालन सुरु गरिएको चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा बोल्दै उपाध्यक्ष प्रधानले उपनिर्वाचन बाटै जनताले आफ्नो विवेक प्रयोग गर्दै मतदान गर्नुपर्ने बताउनुभयो । देशमा बढीरहेको ब्याप्त भ्रष्टचार, महङ्गी, कुशासनका विरुद्ध जनताले भोट बाटै बदला लिनुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै राप्रपा केन्द्रिय सदस्य ध्रुव बहादुर रायमाझीले ठुला भनिने दलहरुले जस्ता नारा र दिएपनि व्यवहारमा लागु गर्न नसकेको बताउनुभयो । ठुला दलहरु आफ्नै दल भित्रका भ्रष्टचारीहरुलाई जोगाउन लागि परेको समेत आरोप लगाउनुभयो ।

 

 

कार्यक्रममा प्रदेश सदस्य कनिज रगरेज फतेहमा, जिल्ला अध्यक्ष नारायण बहादुर सिङ, उपाध्यक्ष ईदिर्स मुसलमान, चन्द्र भन्डारि, सचिव प्रेम शंकर सुक्ला, प्रवक्ता भुमिराज गिरि लगायतले मन्तव्य राख्नुभएको थियो ।

शुद्धोधन १ का अध्यक्ष तथा उम्मेदवार ईन्तियाज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा विजय कुमार पाण्डेको स्वागत तथा नगर अध्यक्ष अमेरिका कुर्मीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा राप्रपाका नेता कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।

May be an image of 1 person and tree

Leave a Reply

Your email address will not be published. Required fields are marked *