दाङ । तुलसीपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुका ४० वर्षीय शम्शेर चलाउने रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घर नजिकैको भजना खोलामा मंगलबार बेलुका करेन्ट लगाएर माछा मार्ने क्रममा चलाउनेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
घटनास्थलबाट करेन्ट लगाउन प्रयोग गरिएको तारसहित सोही ठाउँका ४५ वर्षीय बलबहादुर बोहरा, ६२ वर्षीय गोरे वली र १२ वर्षीय सन्तोष विकलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

