शितगंगा–१४ को ढाव सामुदायिक वनको साधारण सभा सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा–१४ स्थित ढाव सामुदायिक वन उपभोक्ता समुहको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार वन कार्यालयको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै शितगंगा नगरपालिका वड नम्बर १४ का वडा अध्यक्ष दामोदर न्यौपानेले वडा कार्यालय र सामुदायिक वनहरु मिलेर वडाको विकास गर्नुपर्नेमा जोड दिनुभायो । वनहरुलाई व्यवस्थित गर्न सके वनको श्रोतलाई सदुपयोग गरेर समाज रुपान्तरणका विभिन्न कर्या गर्न सकिने भन्दै त्यस तर्फ अग्रसर हुन समेत आग्रह गर्नुभयो ।

त्यस्तै बाणगंगा सव डिभिजन वनका अधिकृत अर्जुन प्रसाद चापागाईले बोटविरुवको महत्व माथि प्रकाश पार्दै वनको दिगो संरक्षणका लागि स्थानीय स्तरबाटै पहल गर्नुपर्नेमा जोड दिनुभायो ।

वनका अध्यक्ष भोजराज न्यौपानेले गत वर्षको आयव्याय प्रस्तुत गर्दै उपभोक्ताको सहयोग र एकताका कारण समूहले उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभयो । उहाँले आगामी दिनमा वातावरण संरक्षण, आयमूलक कार्यक्रम र सामुदायिक विकासमा अझ प्रभावकारी काम गर्ने योजना रहेको जानकारी दिनुभयो ।

May be an image of one or more people, people studying and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *