भारतको आन्ध्र प्रदेशमा बस र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु

काठमाडौं । भारतको आन्ध्र प्रदेशको मार्कापुरम जिल्लाको रायावरम नजिकै भएको सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।बिहीबार बिहान स्थानीय टाइल खानी नजिकै एउटा निजी बस र ट्रक ठोक्किएपछि दुवै सवारी साधनमा आगो लागेको थियो । मार्कापुरमका डीएसपी हर्षवर्धन राजुका अनुसार दुर्घटनामा बसमा सवार १४ जनाको मृत्यु भएको हो ।रिपोर्टका अनुसार दुर्घटनामा अन्य धेरै यात्रुहरू पनि […]
नवनिर्वाचित सांसदहरूले लिए शपथ

काठमाण्डाै । गएकाे फागुन २१ गते भएकाे प्रतिनिधिसभा चुनावबाट निर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सिंहदरबारमा रहेकाे निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा आज दिउँसो सांसदहरूलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउनुभएकाे हाे । शपथ ग्रहण कार्यक्रममा सांसदहरू आ-आफ्नो संस्कृति झल्कने पोशाक लगाएर पुगेका थिए । हिजाे राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएका […]
कपिलवस्तुमा सामाजिक संजालमार्फत सामाजिक सद्भाव भड्काउने २ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा सामाजिक सञ्जालमार्फत जातीय तथा धार्मिक द्वेष फैलाउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तौलिहवाका अनुसार महाराजगंज नगरपालिका–२ बर्दवा क्षेत्रमा रहेको काली मन्दिरमा तोडफोड तथा क्षति पुगेको घटनालाई लिएर सामाजिक सञ्जालमा भ्रामक तथा उक्साहटपूर्ण सामग्री फैलाइएको थियो। उक्त घटनापछि हिन्दु–मुस्लिम समुदायबीच विवाद बढाउन खोज्ने, समाजमा द्वेष […]
बाणगंगाको गजेहडामा भोलि वृहत निशुल्क दन्त सहितको स्वास्थ्य शिविर हुँदै

जनहित अनलाइन, कपिलबस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–४, गजेहडा स्थित बाणगंगा माध्यमिक विद्यालयमा भोलि १३ गते वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । “युथ फर नेसन” भन्ने मूल नारासहित नव प्रभात युवा क्लबको आयोजना तथा फेमेलिडेन्टल केयर सेन्टर प्रा.लि र सौभाग्य फार्मेसीको प्राबिधिक सहयोगमा दन्त सहितको स्वास्थ्य शिविर सन्चालन हुन लागेको हो । शिविरमा […]
लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्डमा नेपालमै पहिलो

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन (एमएसएस)मा लगातार उत्कृष्ट नतिजा प्राप्त गरेको छ । अस्पतालले यस वर्ष पनि ‘सेकेण्डरी बी’ लेभल अस्पतालहरूको उक्त मूल्याङ्कनमा सुधार गर्दै ९० अङ्कसहित लगातार तेस्रो पटक नेपालमै पहिलो हुन सफल भएको हो । अस्पतालले गत वर्ष ८९ अङ्क प्राप्त गरेर नेपाल प्रथम हुन सफल भएको थियो […]
एघार दिनमै १५ रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको छ । यसअघि निगमले यही चैत १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा […]