कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित) काठमाडौं । कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । ११ वैशाखको लागि तोकिएको परीक्षा शिक्षकको आन्दोलनका कारण २१ गतेका लागि सारिएको छ । राष्ट्रिय परीक्षा बोर्डले २१ गतेदेखि सुरु हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो । हेर्नुहोस् तालिका
घर व्यवहार चलाउन राप्तीका पुर्व वडा अध्यक्ष घर निर्माणको काम गर्दै

भालुवाङ । दाङ देउखुरीका एक पुर्व वडा अध्यक्ष आफ्नो घर व्यवहार चलाउन घर निर्माणको काम गर्न थालेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ३ निवासी चन्दर चौधरीले आफ्नो बाल बच्चा पाल्न घर निर्माणको काम गर्न थालेका हुन् । मध्यम परिवारमा जन्मिएका चौधरी २०७४ सालमा दाङको राप्ती गाउँ पालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रबाट […]
देशभर बढ्न थाल्यो गर्मी, मौसमविदले दिए तातो हावा चल्नसक्ने चेतावनी

काठमाडौं । देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले तातो हावाको लहर चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आगामी तीन दिनसम्म पानी पार्ने वा बादल लाग्ने नयाँ मौसमी […]