कपिलवस्तुमा पोखरीमा डुबेर एक जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तु नगपालिका वडा नम्बर ७ स्थित धमौलीमा भैँसीलाई नुहाउने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। बिहीबार मध्यान्न भैँसीलाई नुहाउने क्रममा गाउँ नजिकै रहेको पोखरीमा डुबेर ४५ वर्षीय शिव प्रसाद खटिकको मृत्यु भएको हो। पोखरीमा डुबेर बेपत्ता भए पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। पोखरीबाट शव निकालेर पोस्टमार्टम लागि कपिलवस्तु अस्पताल पठाइएको […]

कपिलवस्तुमा चन्दा विवादमा हत्या, २ जना पक्राउ

कपिलवस्तु । चन्दा संकलन गरेको रकमको हिसाबकिताब नबुझाई हिनामिना गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट फुटेको नेकपा माहावीर समूहका नेताहरुले आफनै सहकर्मीको हत्या गरेका छन् । सो समुहका ९-१० जना नेताहरु मिलेर कपिलवस्तुका नगरपालिका वडा नम्बर १० तेनुवाका ४५ वर्षीय परिवर्तन भन्ने जय प्रकाश (दिनेश) यादवको गत कार्तिक २ गते हत्या गरेका थिए […]

दाङमा दुई बालिका बलात्कारको आरोपमा दुई सशस्त्र प्रहरी पक्राउ

दाङ । दुई बालिका बलात्कारको आरोपमा भालुबाङमा दुई सशस्त्र प्रहरी पक्राउ परेका छन् । दसैंका अवसरमा सशस्त्र प्रहरी कार्यालयबाहिर बनाइएको पिङ खेल्न पुगेका दुई बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि २९ नम्बर ज्वालामाई गण भालुबाङमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगरलाई पक्राउ गरेको जिल्ला प्रहरीले जानकारी दिएको छ । […]

शिवराज नगरपालिकामा कृत्रिम माला बिक्रीमा कडाई

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले बजार अनुगमनको क्रममा विभिन्न पसलहरूबाट प्लास्टिकका माला जफत गरेको छ। नगरपालिकाले कृत्रिम फूल र मालाको उत्पादन, बिक्री, र ओसारपसारमा यसअघि नै प्रतिबन्ध लगाएको थियो। नगर प्रमुख अजय थापाका अनुसार, प्लास्टिकजन्य उत्पादनहरूले वातावरणमा हानिकारक प्रभाव पार्ने भएकाले नगरपालिकाले यस्तो कदम चालेको हो। अनुगमनका क्रममा केही व्यवसायीहरूले सूचनाको अटेरी गर्दै कृत्रिम माला […]

कपिलवस्तुको बाणगंगामा सडक अतिक्रमण हटाउन सुरु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले बजार क्षेत्रको सडक अतिक्रमणलाई हटाउने अभियान सुरु गरेको छ। विहिबार नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बरमा उपप्रमुख रिता कुमारी चौधरीको नेतृत्वमा संरचना हटाउन थालिएको हो। यस क्रममा विभिन्न पसलहरूको अगाडि राखिएका बोर्ड, छाप्रा तथा सडकमा राखिएका ठेलाहरू जफत गरिएको छ। अभियानको पहिलो दिनमा दलबलसहितको जम्बो टोलीले सडकको अतिक्रमण हटाउँदै बजारलाई व्यवस्थित […]

कपिलवस्तुको बुद्धभुमिमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा जिपले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको बा।प्र।०१–०२९ च। ९१५० नम्बरको जिपले विपरीत दिशाबाट आइरहेको लु.१ ह.३०९२ नम्बरको अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मृत्यु हुनेमा बुद्ध भूमि नगरपालिका–१०, जनकपुरका ७२ वर्षीया सरस्वती […]

राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु

दाङ । दाङको राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका–२ रनियाँपुरका तीन बालिकाको आज राप्ती नदीमा डुबेर मृत्यु भएको हो । लमही नगरपालिका–२ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुरकी १२ वर्षीया कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इश्वर थापाले […]

सुप्रिम सहकारी ठगी प्रकरणमा ४० जना मुछिए, थुनामै रहेकालाई समेत पक्राउ पुर्जी !

बुटवल । बुटवलको सुप्रिम सहकारी रकम अपचलनबारे छानबिन गर्नको लागि पक्राउ पुर्जी जारी हुनेको सङ्ख्या ४० पुगेको छ। सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ७८ करोड रकम अपचलन भएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो । गत वैशाख ३ गते प्रहरीले सहकारीको रकम ठगी गर्ने २८ जनाविरुद्ध मुद्दा […]

शीतगंगामा प्लास्टिकका माला बेच्न प्रतिबन्ध

अर्घाखाँची । शीतगङ्गा नगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो । नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालका अनुसार स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले उक्त निर्णय भएको हो । नगरपालिकाले उक्त निर्णय कार्यान्वयन गर्न सबै वडा कार्यालय, प्रहरी, स्थानीय प्रशासन […]