खुला दिसामुक्त नेपालका २२ पालिकाका २० प्रतिशतभन्दा बढी घर शौचालयविहीन

कपिलवस्तु । खुला दिसामुक्त नेपालका २२ पालिका २० प्रतिशतभन्दा बढी घरपरिवार शौचालयविहीनको सूचीमा रहेका छन् । राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार लुम्बिनी र मधेश प्रदेशका आठ जिल्लाका पालिका शौचालय नहुने उच्च सूचीमा रहेका छन् । जसमध्ये लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही र मधेश प्रदेशका सप्तरी, धनुषा, रौतहट, महोत्तरी, बारा, पर्साका पालिका रहेका छन् । जिल्लागत तथ्याङ्क अनुसार कपिलवस्तु शौचालय नहुनेमा देशकै […]

दाङमा लाइसेन्स प्राप्त हतियार नौ सयभन्दा बढी

घोराही । दाङमा लाइसेन्स प्राप्त हतियार नौ सयभन्दा बढी रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय दाङबाट विभिन्न समयमा ९७६ वटा हतियार राख्नका लागि इजाजत प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीका अनुसार लाइसेन्स प्राप्त हतियार प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था भए पनि अत्यन्त न्यून मात्रामा नवीकरण हुने गरेको छ । जिल्लामा चालु आर्थिक वर्षको फागुन […]

बाँकेका दुई स्वास्थ्य संस्था प्रदेशकै पहिलो किशोर–किशोरीमैत्री घोषणा

नेपालगन्ज। बाँके जिल्लाका दुई वटा स्वास्थ्य संस्थालाई लुम्बिनी प्रदेशकै पहिलो किशोर–किशोरीमैत्री घोषणा गरिएको छ । जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर २ र ५ को स्वास्थ्य संस्थालाई लुम्बिनी प्रदेशको पहिलो किशोर–किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ अनुसार डुडुवा गाउँपालिकाको २ र ५ नम्बर वडामा रहेको स्वास्थ्य संस्थालाई प्रदेश कै पहिलो किशोर–किशोरीमैत्री […]