लुम्बिनीका गुम्बा र विहारमा व्यवसाय नगर्न विकास कोषको निर्देशन
लुम्बिनी । लुम्बिनी विकास कोषले यहाँका गुम्बा तथा विहारमा व्यावसायिक गतिविधि नगर्न सम्बद्ध सबैलाई निर्देशन दिएको छ । कोषले लुम्बिनीका विहारलाई विहार क्षेत्र विनियमावली, २०५८ अनुसार त्यहाँ बस्ने विदेशी नागरिकको विवरण बुझाउन पनि निर्देशन दिएको छ । लुम्बिनी विकास कोषको क्षेत्राधिकारका विहार क्षेत्र भगवान् बुद्धको शिक्षा र उपदेशको पूर्णरुपमा पालना गर्नुपर्ने स्थान रहेको स्मरण गराउँदै […]
रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने
गुल्मी । रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि सोही एयरलाइन्सले उडान भर्न लागेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो । रेसुङ्गा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले यात्रुको चाप बढेकाले नेपाल एयरलाइन्ससँग समन्वयमा एक उडान थप […]
४८ दिन पछि सञ्चालनमा आयो रानीमहल जाने सडक
पाल्पा । डेढ महिनादेखि मर्मतका लागि बन्द गरिएको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल जाने सडक सोमबारदेखि सञ्चालनमा आएको छ । सडकको हात्तीढुंगा नजिक बैकुन्ठे भीरमा ढलान कार्य गर्नका लागि गएको माघ १७ गतेदेखि आइतबारसम्म ४८ दिन बन्द भएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख बासुदेव भण्डारीले बताए । ढलानको कामका साथै त्यसलाई २८ दिनसम्म पानी […]
म्याग्दीमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार गाउँ जाँदै गरेको ग १ ज ७६५३ नम्बर प्लेटको यात्रुवाहक जिप सोही गाउँको पुछारमा पर्ने नेपाने भन्ने स्थानमा दुर्घटना हुँदा चालकसमेत दुई जनाको मृत्यु भएको छ । खोप्राबाट झरेका तीन जना पर्यटक लिन अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पोखरेबगरबाट पाउद्वार गाउँतर्फ जाँदै गरेको जिप आइतबार साँझ सडकदेखि करिब ५० मिटर तल […]
सुन प्रकरणमा जोडिएका माओवादी उपाध्यक्ष महरा पक्राउ
काठमाण्डौ । सुन प्रकरणमा जोडिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई बिहान कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता भिम प्रसाद ढकालले जानकारी दिनुभयो । महरालाई कपिलवस्तुबाट काठमाण्डौ ल्याईंदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा महरा दोषी रहेको भन्दै मुद्दा चलाउन सिफारिस गरेको थियो […]