२ दशकमा नेपालमा एकल महिलाको सङ्ख्या दोब्बरले बदढ्याे, सम्बन्धविच्छे र छुट्टिने दरमा वृद्धि

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाण्डौ ।   राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा ९ लाख ९७ हजार ६ सय ६२ जना एकल महिला रहेको देखाएको छ ।

तथ्याङ्क कार्यालयका निर्देशक राजन सिलवालका अनुसार २०५८ सालको जनगणनामा एकल महिला ३ दशमलव ७ प्रतिशत मात्र रहेकामा २०७८ सालमा झन्डै दोब्बरले वृद्धि भएको जानकारी दिनुभयो । २०७८ सालमा एकल महिलाको सङ्ख्या ६ दशमलव ६ प्रतिशत पुगेको छ । उहाँले विगत दुई दशकमा सम्बन्धविच्छेद र छुट्टिने दरमा वृद्धि भएको जानकारी दिनुभयो । ३५ वर्ष र माथिका अविवाहित महिलाको अनुपात २०५८ सालमा शून्य दशमलव ५ प्रतिशत थियो भने २०७८ सालमा शून्य दशमलव ७ प्रतिशत पुगेको छ ।

तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा धेरै एकल महिलामा विधवा महिला देखिएको छ । नेपालको ६६ लाख ६० हजार ८ सय ४१ गैरसंस्थागत घरपरिवारमध्ये ९ लाख ३६ हजार ९८ वटा घरपरिवारमा कम्तीमा एक एकल महिलारविधवा, सम्बन्धविच्छेद, भिन्न बसेको र ३५ वर्ष र त्योमाथिका अविवाहित महिला पाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक राजन सिलवालले बताउनुभयो । जसमा ७ लाख ९९ हजार ७ सय ४४ घरपरिवारमा कम्तीमा एक विधवा महिला रहेका देखिएको छ । तथ्याङ्क कार्यालयका अनुसार कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एकल महिला रहेका देखिएको छ ।

तथ्याङ्क कार्यालयका निर्देशक सिलवालले एकल महिला रहेका १४ प्रतिशत घरपरिवारमध्ये १२ प्रतिशत विधवा र २ प्रतिशत अन्य एकल महिला रहेका पाइएको उल्लेख गर्नुभयो । उहाँले कम्तीमा एक जना विधवा महिला कर्णाली प्रदेशमा ११ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १४ प्रतिशत देखिएका बताउनुभयो ।

कार्यालयका अनुसार १० वा त्योभन्दा माथिका कुल महिला जनसङ्ख्यामध्ये ८ दशमलव २ प्रतिशत एकल महिला रहेका छन् । यस्तै तथ्याङ्कले विधुरको सङ्ख्या २ दशमलव २ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *