जनहित अनलाइन्, बाणगङ्गा ।
आज देखि पौस २ गते सम्म सञ्चालन हुने १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे द्वारा उद्घाटन भएको छ ।
उनले सो उद्घाटनमा बोल्दै निजी क्षेत्रको साथ बिना सरकारले पर्यटन क्षेत्रलाई अगाडि बढाउन नसक्ने भन्दै निजी क्षेत्र सङ्ग हातेमालो गर्दै अगाडी बढेमा मात्र पर्यटन क्षेत्रलाई अगाडि बढाउन सकिने जिकिर ब्यक्त गरे । विदेशी, एनआरएन र स्वदेशीहरुको लगानी भित्राउन सकेमात्र देश सहि बाटोमा अगाडि बढ्न सक्ने उनको भनाई थियो ।
लुम्बिनी र कपिलवस्तु क्षेत्रलाई पर्यटनका दृष्टिकोणले सोचे जसरी काम गर्न नसकिएको उनले बताए । उनले पर्यटन क्षेत्रको विकासले रोजगारी सङ्गै देशको अर्थतन्त्रमा ठुलो सुधार हुने बताउदै कपिलवस्तु महोत्सवले कृषि, पर्यटन र औद्योगिकरणको क्षेत्रमा सफलता प्राप्त गर्ने बिश्वास ब्यक्त गरे । अब देशको अर्थतन्त्र चलाएमान बनाउने जिम्मा सरकारमा रहेका दुई ठुला दल नेपालि काङ्ग्रेस र नेकपा एमालेलाई भएको भन्दै ८४ सम्म देशलाइ चलायमान बनाउने जिकिर ब्यक्त गरेका थिए ।
त्यस्तै कपिलवस्तु उद्योग वाणिज्य सङ्गका अध्यक्ष तथा महोत्सवका संयोजक गणेश बहादुर क्षेत्रीले कपिलवस्तुको पृष्ठ भुमिलाई प्रकाश पार्दै । कृषि , पर्यटन , तथा औधोगिक क्षेत्रमा कपिलवस्तु भरिपुण हरेको भन्दै यसको बिकासमा सरकार स्थानिय निकाय तथा निजि क्षेत्र एक जुट भएर लागेमा समृद्व कपिलवस्तु बनाउन सकिने बताए । यस महोत्सवलाई उत्सब तथा पर्वको रुपमा हेरीएको उनको भनाइ थियो ।
प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्य, लुम्बिनी प्रदेश सांसद विष्णु पन्थी, बाणगंग नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरी , पूर्व प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलमान, लगायतका वक्ताहरुले कपिलवस्तु महोत्सवले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।
कपिलवस्तु उद्योग बाणिज्य सङ्घले बुद्व रङ्गशालामा आयोजना गरेको यस १५औँ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी पौस २ गते सम्पन्न हुने छ ।