जनहित अनलाइन, कपिलवस्तु । १५औं कपिलवस्तु महोत्सवको आठौं दिन अर्थात आज बुधबार चर्चित लोक दोहोरी गायक खेम सेन्चुरीको प्रस्तुति रहने भएको छ । आज सेन्चुरीसंगै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले जानकारी दिए ।
मंगलबार चर्चित आधुनिक गायिका एलिना चौहान, गायक शिव हमाल, गायिका लालमाया थापा लगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए ।
यसैबीच मंगलबार १३औं कपिलवस्तु डान्स आईडलतर्फका ११ जना प्रतिस्पर्धीहरुले प्रस्तुति राखेको डान्स आईडल संयोजक विष्णु मल्लले जानकारी दिईन् । तिमध्ये निरुता विक बाहिरिएको उनले जानकारी दिईन् ।
उनका अनुसार मंगलबार बेस्ट डान्सर अफ द डे को उपाधि प्रतिज्ञा गिरीले प्राप्त गरिन् ।
बुधबार टप १० जना प्रतिस्पर्धीहरुले आआफ्नो प्रस्तुति राख्ने जानकारी दिदैं संयोजक मल्लले तिमध्ये एक जना बाहिरिने बताईन् ।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा बुधारबादेखि सुरु भएको हो ।
कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा आयोजित १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव पुष २ गतेसम्म चल्ने छ ।