जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार तथा आशिष शर्माले चुनावी प्रचार प्रशारलाई तिव्र पारेका छन । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य पदका लागि हुने निर्वाचनका लागि उनको चुनावी कार्य तिव्र बनेको हो ।
सोहि अनुरुप आज १४ गते शुद्धोधन गाउँपालिका–५ हथिहवामा वृहत जमघट गरिएको छ । त्यस्तै माघ १५ गते बिहीबार शुद्धोधन गाउँपालिका–५ हथिहवामा बृहत् जनभेटघाट कार्यक्रमका लागि जाने भएका छन्।
हथिहवावासी बुवा–आमा, दिदीबहिनी तथा दाजुभाइहरूसँग प्रत्यक्ष संवाद, भेटघाट र सुझाव संकलन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम देवपुर गाउँबाट सुरु हुनेछ। त्यसक्रममा बिचवापुर गाउँ, शिवपुर, जयनगरा, ठूलो गनवरिया हुँदै सानो गनवरियासम्म जनभेटघाट गर्ने कार्यक्रम रहेको शर्माले जानकारी दिएका छ्न ।
कार्यक्रम अन्तर्गत त्यसपछि छोटी डीह, उत्तर दोहनी, दक्षिण दोहनी हुँदै लोधडिह पुगिनेछ। त्यसैगरी ठूलो फूलावापुर, गदहवा, राजडीह हुँदै सानो फूलावापुरमा समेत स्थानीयसँग प्रत्यक्ष संवाद गरिने जनाइएको छ।
भेटघाट कार्यक्रम तारानगर, घिराउ जोत, श्रीनगर र शिवलवा हुँदै अन्ततः हथिहवामा पुगेर समापन हुनेछ।
स्थानीय समस्या, विकासका आवश्यकता र जनताको भावना बुझ्ने उद्देश्यले आयोजना गरिएको यस जनभेटघाट कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।


