स्वतन्त्र उम्मेद्वारी दिएका आशिष शर्माः यस्तो छ व्यवसायीक देखि सामाजिक जीवन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । देश यतिबेला चुनावमय भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई केन्द्रमा राखेर उम्मेद्वारहरुले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तिव्र पारेका छन । कपिलवस्तु पनि यसबाट अलग हुन सकेको छैन ।

यसैबीच कपिलवस्तुको क्षेत्रनम्बर १ मा विभिन्न राजनैतिक दलका उम्मेद्वार र स्वतन्त्र उम्मेद्वार बिचको टकराब रोचक बन्ने देखिएको छ । नेपाली कमन्युष्ट पार्टी बाट कृष्ण कुँवार, नेकपा एमाले बाट बिश्राम प्रसाद चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मोहनलाल आचार्य, नेपाली काङ्ग्रेस बाट अत्तहर कमाल मुसलमान, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट शत्रुघन विलास सिंह कुर्मी लगायत विभिन्न राजनीतिक दलका उम्मेद्वार चुनाबी मैदानमा होमिएका छन । यसबैबिचमा स्वतन्त्र पार्टी आशिष शर्माको उम्मेद्वारी परेपछि यहाँको चुनाबी माहोल अझ रोचक बन्ने देखिएको हो ।

चुनाव चिन्ह जीप लिएर मैदानमा उत्रिएका शर्मा अनुभवी नेतृत्व र नयाँ सोचको संयोजनका रूपमा मतदाता माझ गएको उनले बताएका छन । व्यवसाय, व्यवस्थापन र सामाजिक उत्तरदायित्वको बलियो पृष्ठभूमि बोकेका आशिष शर्माले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमबीए अध्ययन पूरा गरी कपिलवस्तुलाई आफ्नो कर्मभूमि बनाएका हुन् । १४ वर्षभन्दा बढी समय वित्तीय सेवा तथा विभिन्न व्यावसायिक क्षेत्रमा व्यवसाय इकाई प्रमुखका रूपमा काम गरेका ४० वर्षीय शर्माले चौधरी समूहको वित्तीय क्षेत्रमा वरिष्ठ महाप्रबन्धकको जिम्मेवारी समेत सम्हालि सकेका छन् । निजी क्षेत्रको नीति, व्यवस्थापन र आर्थिक अनुशासनमा उनको अनुभव सुदृढ मानिन्छ ।

संस्थागत नेतृत्वमा पनि शर्मा सक्रिय छन् । उद्योग समिति, नेपाल चेम्बर अफ कमर्श तथा महासंघमा कार्यकारी सदस्यका रूपमा नीति निर्माण र निजी क्षेत्र सुदृढीकरणमा भूमिका खेलेका उनले नेपाल व्यवस्थापन संघको सदस्य तथा विभिन्न कम्पनीका बोर्डमा रहेर सुशासन र उत्तरदायी नेतृत्वको अभ्यास गर्दै आएका छन ।

वित्तीय क्षेत्रमा उनको उपस्थिति उल्लेखनीय छ । हिमालयन बैंक लिमिटेडका निर्देशक, नबिल बैंक लिमिटेड क वर्ग वाणिज्य बैंकमा कार्य अनुभव तथा नेपाल राष्ट्र बैंकद्वारा इजाजत प्राप्त युनाइटेड फाइनान्स कम्पनी लिमिटेडमा सञ्चालकको रूपमा काम गरि सकेका शर्मा हाल हिमालयन बैंक लिमिटेडका बोर्ड सदस्य समेत हुन्। साथै, युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका अध्यक्ष तथा बीमा समितिमा कार्य गरेको अनुभव पनि उनी सँग छ ।

कपिलवस्तुको आर्थिक विकासमा प्रत्यक्ष योगदान पुर्‍याउँदै शर्माले बुद्धभूमिमा २५ करोड रुपैयाँको लगानीमा नेपाल कै पहिलो परिमार्जित वातावरण युक्त ‘एग्रीवस्तु कोल्ड स्टोर प्रा।लि।’ स्थापना गरेका छन्। यस आयोजनाले कृषि उत्पादनको संरक्षण, बजार सुनिश्चितता र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिएको भन्दै स्थानीय किसानहरूले आशा व्यक्त गरेका छन् ।

सामाजिक उत्तरदायित्वमा पनि शर्मा अग्रपंक्तिमा देखिन्छन्। किसानको सम्मानका लागि एग्रीवस्तु कृषि तारा–२०८२ कार्यक्रम सम्पन्न गर्नुका साथै, एसईई–२०८१ मा ४ जीपीए ल्याउने १६ जना विद्यार्थीलाई ट्याब र सम्मानपत्र प्रदान गर्दै उच्च शिक्षामा सहयोग गरेका छन् । विभिन्न क्लब, संस्था तथा सामाजिक कार्यक्रमहरूमा उनको सक्रिय योगदान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *