सुशासन र विकास मेरो पहिलो प्राथमिकता : उम्मेद्वार मुसलमान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । सुशासन र विकासलाई पहिलो प्राथमिकतामा राखेको नेपाली काङ्ग्रेस कपिलवस्तु क्षेत्रनम्बर १ का उम्मेद्वार अत्तहर कमाल मुसलमानले बताएका छन । निर्वाचन लक्षित मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा उहाँले आफु पदमा हुँदा या नहुँदा सधै भ्रष्टचारका विरुद्ध आवाज उठाएको बताएका हुन ।

उम्मेदवार मुसलमानले आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको र नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “मैले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन, आगामी दिनमा पनि गर्दिनँ,” उनले भने, “जनताको विश्वास जितेर पारदर्शी र उत्तरदायी नेतृत्व दिने मेरो लक्ष्य हो।”

उनले क्षेत्रको समग्र विकास, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार तथा युवालाई रोजगारी सिर्जना गर्ने योजनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। जनताको चाहना र आवश्यकताअनुसार योजनाबद्ध ढंगले अघि बढ्ने उनको भनाइ थियो।

कार्यक्रममा स्थानीय कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको नेपाल बिद्यार्थी सघंका सभापति चन्द्रकान्त पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *